२४ सै घण्टा तैनाथ रहने गरी सशस्त्रको मनसुन प्रतिकार्य टोली गठन
नेपालबहस संवाददाता
जेठ २२, २०८१ मंगलबार २१:४६:४०
२२ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले २४ सैँ घण्टा तैनाथ रहने गरी विपद् व्यवस्थापन तालिम प्राप्त ‘डेडिकेटेड’ मनसुन प्रतिकार्य टोली गठन गरेको छ । मनसुनको समयमा बाढी, पहिरो, डुबान एवं विपद्मा परेकाको तत्कालै उद्धारका लागि बाहिनी, शिक्षालय तथा गणमा सिनियर अफिसरको कमान्डमा एक प्लाटुन र गुल्महरूमा सिनियर अफिसरको कमान्डमा माइनस प्लाटुन रहने जनाइएको छ । अन्य युनिटहरूमा एक सेक्सनको नफ्रिमा उपलब्ध स्रोतसाधनसहित मनसुन प्रतिकार्य टोली गठन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरी, नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सातरसात प्लाटुन, नं ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले ५ र नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले तीन प्लाटुन जनशक्ति चौबिसै घण्टा खटाउने गरी तयारी अवस्थामा राखेका छन् । सबै बाहिनीका गरी ५० वटा टोली विपद् प्रतिकार्य र विपद् जोखिम न्यूनीकरण सचेतनाका लागि फिल्डमा खटाइएका छन् ।
‘डेडिकेटेड’ मनसुन प्रतिकार्य टोलीले प्रदेश, जिल्ला तथा स्थानीय तहहरुमा रहेका आपतकालीन कार्य सञ्चालन केन्द्र, विपद् व्यवस्थापन समिति एवं अन्य विपद् व्यवस्थापनसँग सम्बद्ध सम्पूर्ण सरोकारवाला निकायसँग समन्वय र सहकार्यमा विपद् व्यवस्थापन प्रतिकार्य गर्नेछ ।
सो टोलीले आफ्नो जिम्मेवारी रहेको इलाकामा पर्ने जोखिमयुक्त स्थान तथा वस्तीलगायत महत्वपूर्ण संरचनाजस्तै पुल, कल्भर्ट राजमार्ग, लोकमार्ग आदिको पहिचान गरी विपद्को समयमा तुरुन्त उद्धार तथा परिचालन हुन सक्ने व्यवस्था मिलाउने छ । बाहिनी मुख्यालय, शिक्षालय, गण र गुल्महरुमा सिनियर अधिकृतको कमाण्डमा र बिओपी तथा बेशहरुमा जुनियर अधिकृतको कमान्डमा विपद् व्यवस्थापन सेल गठन गरी सम्पर्क अधिकृतको व्यवस्था मिलाईएको छ ।
सशस्त्र प्रहरी बल नेपालका कार्यालयमा रहेका हेभि इक्युपमेन्टहरु, डिजास्टर रिलिफ सिस्टम कन्टेनर र मास क्याज्युल्टी भेहिकलसमेत तयारी अवस्थामा राखिएका छन् । बाढी, पहिरो, डुबानका घटनालाई लक्षित गरी सबै बाहिनी मुख्यालयले मातहतलाई मनसुनजन्य विपद् प्रतिकार्य पूर्वअभ्याससमेत सञ्चालन गरेका थिए । यसका साथै जोखिमयुक्त ठाउँमा विपद् सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार