सशस्त्रका आईजीपीले आफ्नै पदावधि घटाउने प्रस्ताव गरे, ऐनको मस्यौदामाथि मन्त्रालयमा छलफल
नेपालबहस संवाददाता
जेठ २३, २०८१ बुधबार १२:२८:५५
२३ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले आफ्नै कार्यकाल एक वर्ष घटाउने प्रस्ताव गरेका छन् । सशस्त्र प्रहरी बलको नयाँ ऐनको मस्यौदामार्फत यस्तो प्रस्ताव गरिएकाे हाे। नयाँ संविधान बनेसँगै सशस्त्र प्रहरी ऐन २०५८ मा भएका केही प्रावधान संशोधन अघि बढाइएसँगै ऐनको मस्यौदा तयार भएको हो । माघको तेस्रो साता बसेको मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिएसँगै सशस्त्र प्रहरीका ऐन संशोधन प्रकृया अघि बढेको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायण भट्टराईले सशस्त्र प्रहरीको ऐन संशोधन प्रकृया अघि बढेको बताए । ‘मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिइसकेको छ, यसको प्रकृया अघि बढेको छ’, सहसचिव भट्टराईले भने । यही क्रममा नीतिगत सुधारसहित सशस्त्र प्रहरी बलले नयाँ ऐनको मस्यौदा गृह मन्त्रालयमा बुझाएको छ । ऐनको मस्यौदामा उच्च पदाधिकारीको पदावधि घटाउने, ३० वर्षे सेवा हद हटाई उमेर हद बढाउने तथा १६ वर्षमै निवृत्तिभरण सुविधा दिने लगायतका प्रावधान छ ।
केही दिनअघि गृहमा बुझाइएको ‘सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी बनेको विधेयक २०८१’ मा सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि तीन वर्षमा झार्ने प्रस्ताव छ । हालको ऐनमा चार वर्षको प्रावधान छ ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको पदावधि चार वर्ष रहेकामा उनले आफ्नै पदावधि घटाएर तीन वर्ष बनाउने प्रस्ताव गरेका हुन् । संगठनको नेतृत्वमा तीन वर्षको अवधि उपयुक्त हुने र वृत्ति विकासमा पनि सहज हुने निष्कर्षका आधारमा आईजीपीको पदावधि घटाउन प्रस्ताव गरिएको हल्चोक मुख्यालयले जनाएको छ । आईजीपीको बढुवामा लोकसेवा आयोगका अध्यक्ष नेतृत्व समिति बनाउने र अवकाशको १५ दिनअघि अनिवार्य सिफारिस गर्नुपर्ने प्रावधान नयाँ ऐनमा राखिएको छ ।
सशस्त्र प्रहरीमा महानिरीक्षक बढुवामा पनि अब बढुवा समितिको अवधारणा राखिएको छ । लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा यस्तो बढुवा समितिको प्रस्ताव गरिएको हो । हाल सिधै सरकारले नियुक्त गर्ने व्यवस्था छ । आईजीपी अनिवार्य अवकाश हुनुभन्दा १५ दिनअघि अनिवार्य बिदामा बस्नुपर्ने र त्यसअघि बढुवा समितिले बढुवा समितिको बैठक बसेर सिफारिस गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ । सशस्त्र प्रहरी नेतृत्व चयनलाई अनुमान योग्य बनाई नेतृत्व हस्तान्तरण प्रक्रिया सहज बनाउन ऐनमै यस्तो प्रावधान राखिएको छ । हाल अन्तिम दिनमा मात्र निर्णय हुँदा अस्वस्थ प्रतिस्पर्धा र चलखेल हुने गरेको छ ।
सशस्त्रका तल्लो तहका कर्मचारीको वृत्ति विकासलाई ध्यानमा राखेर सशस्त्र प्रहरीले यस्तो प्रस्ताव गरेको जनाइएको छ । खासगरी प्रहरी निरीक्षकमा भर्ना भएका अधिकृतहरू १८ वर्षसम्म एउटै पदमा रहनुपर्ने बाध्यता हटाउन उच्च पदको पदावधि घटाउने निर्णय गर्दै मन्त्रालयमा प्रस्ताव गरिएको सशस्त्र प्रहरी बल आईजीपीको सचिवालय स्रोतले जनाएको छ । उमेर तथा सेवा हदका आधारमा चार वर्ष नै नेतृत्व गर्न पाउने भए पनि अर्यालले आफ्नै पदावधि घटाउने गरी सो प्रस्ताव गृहमा पठाएका हुन ।
गृह मन्त्रालयले यस्तो प्रस्तावलाई कानुन मन्त्रालयमा र कानुनको सहमति आएपछि अर्थमा पठाउनेछ । अर्थले स्वीकृत गरे लोकसेवा आयोगको सहमति लिएर संसदमा पठाउन मन्त्रिपरिषदमा पेस हुनेछ । त्यसपछि मात्रै संसदमा गई दफावार छलफलपछि ऐन जारी हुनेछ । गृह मन्त्रालयले यस्तो प्रस्तावलाई स्वीकृत गरे केही उच्च अधिकारीको वृत्ति विकासमा असर गरे पनि समग्र सशस्त्र प्रहरीमा कार्यरत प्रहरी निरीक्षकहरूको वृत्ति विकासमा सहयोगी हुने बताइएको छ ।
हाल सशस्त्र वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सात र सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को पदावधि १० वर्ष छ । डीआईजीभन्दा तल्लो तहमा पदावधिको प्रावधान हटाउन लागिएको छ । डीआईजीदेखि आईजीपीसम्मको उमेर हद ५८ वर्ष तथा त्योभन्दा तल्लो तहका प्रहरीको ५५ वर्ष उमेरहदले मात्र अवकाश हुने प्रस्ताव गरिएको छ । हालको ३० वर्षे सेवा हद हटाउने र पदावधि घटाउने प्रावधान अघि बढाइएको गृह मन्त्रालयका स्रोतले जनाएको छ ।
हालको सशस्त्र प्रहरी नियमावलीको प्रावधानअनुसार बढुवा समितिले १०० पूर्णाङ्कमा तजबिजीका आधारमा ५ नम्बर दिन सक्ने व्यवस्था छ । सशस्त्र प्रहरीको बढुवामा हाल १०० पूर्णाङ्कमा सबैभन्दा धेरै कार्यसम्पादन मूल्याङ्कनमा ४० र ज्येष्ठतामा २० नम्बर राखिएको छ। त्यस्तै भौगोलिक क्षेत्रमा काम गरेको ८, शैक्षिक योग्यताको ७, तालिमको १३, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीको ५, विभूषणको २ र बढुवा समितिले दिने ५ नम्बर छ । यो प्रावधानमा पनि हेरफेर हुने मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार