असार ३ गतेदेखि कोशी प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने
नेपालबहस संवाददाता
जेठ २३, २०८१ बुधबार १४:१६:३९
२३ जेठ, मोरङ । प्रदेश खेलकुद विकास बोर्डले आगामी असार ३ गतेदेखि प्रदेशस्तरीय विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ । बोर्डद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले चालु आव २०८०÷८१ मा बोर्डमार्फत कार्यान्वयन हुने खेलकुदको समय निर्धारण गरी खेलकुद प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।
बोर्डले असार ३ गते पारा खेलकुद प्रतियोगिता मोरङ र सुनसरी जिल्लामा, मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल मोरङको विराटनगरमा असार १५ भित्र , प्रदेशस्तरीय पौडी प्रतियोगिता मोरङ र सुनसरी जिल्लामा असार १५ भित्र, प्रदेशस्तरीय महिला फुटवल प्रतियोगिता खोटाङ जिल्लामा असार ८ गतेदेखि १३ गतेसम्म, प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता तेह्रथुम जिल्लामा असार ३ गतेदेखि ७ गतेसम्म आयोजना गर्ने भएको छ ।
यसैगरी प्रदेशस्तरीय कवड्डी प्रतियोगिता मोरङको विराटनगरमा असार ७ गतेदेखि, महिला सेल्फ डिफेन्स तालिम तथा योजना प्रशिक्षण मोरङ, झापा र सुनसरी जिल्लाका विभिन्न विद्यालयमा असार १५ भित्र, प्रदेशस्तरीय कुरास प्रतियोगता सुनसरी जिल्लामा असार १५ भित्र, प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता मोरङको विराटनगरमा असार १३ र प्रशिक्षक विकासका लागि प्रशिक्षण कार्यक्रम मोरङ र तेह्रथुममा असार १५ भित्र सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सदस्य सचिव बस्नेतले लामो समयमादेखि सम्पन्न हुन नसकेको खेलकुद प्रतियोगिता बाध्यताले अहिले आयोजना गर्न लागिएको र आगामी वर्षदेखि तोकिएको समयमा गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त खेलकुद प्रतियोगिता सम्पन्न गर्न रु एक करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
उनले मोरङको गोठगाउँमा प्रदेश सरकार, पूर्वाञ्चल विश्वविद्यालय र स्थानीय निकायको सहयोगमा एक सय विघा जग्गाका बहुउद्देश्यीय खेलकुद भवन निर्माण गरिने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार