महालक्ष्मी विकास बैंकद्वारा आफ्नो हरित पर्यावरणीय योजनाको निरन्तरता
नेपालबहस संवाददाता
जेठ २३, २०८१ बुधबार १५:५८:३२
२३ जेठ, काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता प्रदान गर्नका लागि आफ्नो ३०औं वार्षिकउत्सव र विश्व वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ ।
सोही अनुरुप बैंकले दुई वटा विद्युतीय गाडी प्रयोगमा ल्याईसकेको छ र हरित परिवहनको माध्यमबाट दीर्घकालीन लक्ष्य हासिल गर्न टेवा पुगोस् भन्ने उद्देश्यका साथ कार्यालयमा प्रयोग हुने सवारीहरुमा क्रमश विद्युतीय गाडीहरुको प्रयोग बढाउँदै जानेछ । यस्ता कार्यक्रमहरुले राष्ट्रको पर्यावरण संरक्षण, नवीन ऊर्जा प्रवर्द्धन तथा दिगो विकासमा टेवा पुर्याउने विश्वास बैंकले लिएको छ ।
बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर यही जेठ २२ गते मंगलबार देखि २५ गते बिहिबारसम्म ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२४’ ललितपुरको इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना गरिरहेको छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलिले सहभागिता जनाएका छन् ।
विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र ७ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २६, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २५, २०८१ मंगलबार
महालक्ष्मी विकास बैंकले घोषणा गर्यो दरबारमार्ग शाखालाई अपाङ्गमैत्री शाखा
मंसिर १९, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार