आजै पदमुक्त हुने भएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयारी
नेपालबहस संवाददाता
जेठ २३, २०८१ बुधबार १७:२३:५६
२३ जेठ, काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विरामी भएको भन्दै विश्वासको मत लिने कार्यसूची सार्न आग्रह गरेपनि सभामुखले कार्यसूची नहटाइ बुधबार नै विश्वासको मतका लागि बैठक बोलाएका छन् । विश्वासको मत नलिए यादव आजै राती १२ बजेपछि पदमुक्त हुँदैछन् ।
आफू अस्वस्थ भएको भन्दै मुख्यमन्त्री यादवले २८ जेठमा विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्र पठाएका थिए । तर सभामुख रामचन्द्र मण्डलले बुधबार नै मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची बनिसकेको भन्दै त्यसलाई हटाउन अस्वीकार गरे ।
सभामुख मण्डलले संविधान अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने बुधबार नै अन्तिम दिन भएको बताए । मुख्यमन्त्रीको दल जसपा नेपाल विभाजन भएको ३० दिन भएको भन्दै उनले संवैधानिक जटिलता उत्पन्न हुन सक्ने भएकाले बुधबार नै मुख्यमन्त्रीलाई विश्वासको मत लिन भनिएको जिकिर गरे ।
बुधबार दिउँसो ४ बजे बसेको प्रदेशसभा बैठकको सुरुमै कांग्रेस सांसद वीरेन्द्र सिंहले बैठकमा मुख्यमन्त्री र मन्त्री उपस्थित नभएको भन्दै बैठक स्थगित गर्न माग गरे । त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेस र लोसपाले विश्वासको मत दिने भएका छन् ।
कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक कुमारकान्त झाले जानकारी दिए । यस्तै लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतोले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको बताए ।
मुख्यमन्त्री यादव आबद्ध रहेको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको बुधबार राति १२ बजे ३० दिन पुग्दैछ । संविधानको धारा १८८ को २ मा मुख्यमन्त्री आबद्ध रहेको दल विभाजन भएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार