समाजवाद उन्मुख लोकतन्त्र स्थापना गर्नु राष्ट्रिय आवश्यकता हो : परराष्ट्रमन्त्री श्रेष्ठ
नेपालबहस संवाददाता
जेठ २३, २०८१ बुधबार १८:३६:२६
२३ जेठ, कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समाजवादको आधार तयार पार्न परिवर्तनका उपलब्धिको रक्षा गर्नुपर्ने बताएका छन् । पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको प्रदेश स्तरीय राजनीतिक वैचारिक प्रशिक्षणमा उनले लामो सङ्घर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्ने प्रमुख कार्यभार पूरा गर्दै समाजवाद उन्मुख लोकतन्त्र स्थापना गर्नु राष्ट्रिय आवश्यकता हो भने ।
उनले लामो सङ्घर्षपछि भएको राजनीतिक उथलपुथलबाट राजनीतिक अधिकारसहित जनताको जीवनस्तरमा समेत सुधार भएको बताए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, “हामी अहिले समाजवाद उन्मुख चरणबाट गुज्रिरहेका छौँ । समाजवादको आधार तयार पार्न राजनीतिक परिवर्तन र उपलब्धिलाई माध्यम तथा साधन बनाएर सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्दछ । विकास र समृद्धिमा फड्को मार्नुपर्दछ ।” परम्परागत संसदीय गणतन्त्रको रक्षा गर्दै समाजवाद उन्मुख लोकतन्त्र स्थापना गर्नु राष्ट्रिय आवश्यकता रहेको उनको भनाइ छ ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन र समृद्धिको पक्षमा महत्वपूर्ण काम गरेको र जनतामाझ ती कामको प्रचारप्रसार गरी आवश्यक सुझाव लिन नेता कार्यकर्तालाई आग्रह गरे ।
उनले नेतृत्व, पार्टीको विचार र राष्ट्र निर्माणको अभियान अगाडि बढाउन व्यक्तिगत स्वर्थभन्दा माथि उठेर क्रियाशील हुनुपर्ने आवश्यकता औंल्याए । “कुनै गुट, उपगुट र व्यक्तिगत स्वार्थलाई केन्द्रमा राख्दा देश, पार्टी र कम्युनिष्ट आन्दोलन नै बरबाद हुन्छ । त्यसैले विधि, पद्धति, संस्थागत र सामूहिकताका आधारमा पार्टी सञ्चालन गर्नु अहिलेको आवश्यकता हो । यसमा हामी सबैले योगदान गर्नुपर्छ”, श्रेष्ठले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार