ओलीको टिप्पणीमा रविको आपत्ति : प्रेम र विवाह नितान्त व्यक्तिगत हो, अरु कसैको निर्णय होइन !
नेपालबहस संवाददाता
जेठ २३, २०८१ बुधबार २०:४१:१७
२३ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ लक्षित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणीप्रति आपत्ति जनाएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रेम र विवाह गर्ने कुरा नितान्त व्यक्तिगत निर्णय भएको उल्लेख गर्दै अन्तरदेशीय विवाह पितृ सत्तालाई मन नपरेको बताए ।
शिक्षामन्त्रीलाई लक्षित गरेर आएको टिप्पणीप्रति पार्टीले गम्भीर आपत्ति जनाएको भन्दै गृहमन्त्री लामिछानेले कुनै व्यक्तिले कसलाई माया गर्ने, कोसित विवाह गर्ने भन्ने कुरा व्यक्तिगत निर्णय भएकाले त्यसमा सम्मानबाहेक अरूले केही पनि गर्न नसक्ने तर्क गरे ।
लामिछानेले भने, ‘तपाईंले कसलाई माया गर्ने, कोसित विवाह गर्ने, तपाइको व्यक्तिगत जीवन कस्तो हुने भन्ने कुरा तपाइको निर्णय हो, मात्र तपाइको । अरु कसैको निर्णय होइन ।’
अध्यक्ष ओलीले केही दिनअघि विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना लक्षित टिप्पणी गरेका थिए । ओलीले गरेको टिप्पणीप्रति शिक्षामन्त्रीले पनि बुधबार प्रतिवाद गरेकी छन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेकी छन्, ‘के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइहाल्छ ? अहिलेसम्म पुस्तौं देखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त ?’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार