सहकारीका समस्या समाधान गर्न चितवनमा सम्मेलन हुँदै
नेपालबहस संवाददाता
जेठ २३, २०८१ बुधबार २२:१५:४१
२३ जेठ, चितवन । जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाका समस्या समाधान गर्न चितवन सहकारी सम्मेलन आयोजना गरिने भएको छ । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघले यही जेठ २५ र २६ गते सम्मेलन गर्न लागेको हो । सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी सहकारीका सदस्यको बचत संरक्षण र संस्थाको स्थायीत्व एवं विकासका लागि सम्मेलन गर्न लागेको जनाएको छ ।
सङ्घकी अध्यक्ष बिद्या कोइरालाले सङ्घमा आबद्ध दुई सय पाँच सहकारीका अध्यक्ष र व्यवस्थापक गरी सम्मेलनमा चार सय हाराहारीको सहभागिता रहने जानकारी दिइन् । पछिल्लो समय बचत तथा ऋण सहकारी संस्थामा देखिएका समस्याका कारण बचतकर्ताको बचत असुरक्षित बन्दै जानुमा जिल्लालाई कार्य क्षेत्र बनाएर खोलिएका सहकारीबाट नभई बाहिरी जिल्लामा प्रधान कार्यालय भएका सहकारी धेरै रहेको उनले बताइन् । यहीँ मुख्य कार्यालय भएका केही सहकारीमा समस्या देखिए पनि ती समस्या समाधान हुँदै गएको उनले बताइन्।
सुरक्षित लगानी नभएका थप तीनवटा सहकारीमा समस्या देखिएको उनको भनाइ छ । सम्मेलनले ऋण असुलीका लागि स्थानीय तहलाईसमेत झकझक्याउन मद्दत पुग्ने उदले विश्वास व्यक्त गरिन् ।
सहकारीलाई गुणस्तरीय बनाउन सात वर्षपछि सम्मेलन आयोजना गरिएको सङ्घका सल्लाहकार तेजेन्द्रबहादुर खड्काले बताए । मनोमानी सञ्चालन गरिएका सहकारीमा ऋण असुलीमा समस्या देखिने गरेको उनको भनाइ थियो ।
सङ्घका सचिव सुदीप रेग्मीले सम्मेलनमा सहकारीसम्बन्धी छवटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिए । दुई दिनसम्म चल्ने सम्मेलनले वित्तीय सहकारीमा जोखिम मापन न्यूनीकरणका उपाय खोजी गरीने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार