बजेट अभावमा पूरा हुन सकेन लुम्बिनी गुरुयोजना
नेपालबहस संवाददाता
जेठ २३, २०८१ बुधबार २२:२६:४
२३ जेठ, काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रको गुरु योजना आवश्यक बजेट अभावमा पूरा हुन सकेको छैन । राष्ट्रिय सभा, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले आज आयोजना गरेको लुम्बिनी विकास कोषबाट भए गरेका ‘कामकारबाही, प्रमुख सवाल, समस्या र भावी कार्ययोजना’ विषयक छलफलमा कोषका अधिकारीहरूले गुनासो गरेका हुन् ।
गुरुयोजना अनुसारका काम गर्न रु १३ अर्ब बजेट आवश्यक पर्नेमा हालसम्म रु सात अर्बमात्र प्राप्त भएको कोषका उपाध्यक्ष लाहारक्याल लामाले जानकारी दिए । चालु आर्थिक वर्षमा सरकारले रु ३० करोड ७० लाख बजेटमात्र विनियोजन गर्दा सम्पन्न भएका कामको समेत भुक्तानी हुन नसकेको उनले बताए । कोषका सदस्य सचिव सानुराजा शाक्यले काम भइसकेको रु ५० करोड भुक्तानी दिन बाँकी रहेको बताए । निर्माण व्यवसायीलाई भुक्तानी दिन नसक्दा कोषका पदाधिकारी घेरिने अवस्था रहेको उनले सुनाए ।
लुम्बिनीलाई वि.सं २०७१ मा राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखिएको थियो । गौरवको आयोजनाका रुपमा राखे पनि बजेट आवश्यक मात्रामा प्राप्त हुन सकेको छैन । बैठकमा सहभागी सांसदहरू उदय बहादुर बोहरा, इन्दिरा देवी गौतम, विष्णुकुमारी सापकोटा, राजेन्द्रलक्ष्मी गैरे, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया र सभापति सोनाम गेल्जेन शेर्पाले विश्वभर फैलिएका करिब एक अर्ब बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनीमा गुरुयोजनाले निर्दिष्ट गरेका काम सक्न आवश्यक बजेट र जनशक्तिको व्यवस्था हुनुपर्नेमा जोड दिए ।
उनीहरुले लुम्बिनी क्षेत्रका प्राचीनता नबिग्रने गरी विकास गरिनुपर्नेमा ध्यानाकर्षण गराएका थिए । विश्वभर रहेका बौद्धमार्गी र गैर बौद्धमार्गी पनि शान्तिका अग्रदूत शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी आउन चाहने भएकाले त्यसको प्रचारप्रसार र आवश्यक संरचना विकास गरिनुपर्नेमा सांसदहरूले जोड दिएका थिए । लुम्बिनी क्षेत्रमा क्रकुच्छन्द बुद्ध र कनकमुनि बुद्ध गरी तीन जना बुद्धको जन्म भएकाले यो क्षेत्रलाई पवित्र तीर्थस्थलका रुपमा विकास गरी विश्व भरबाट धार्मिक पर्यटक भित्र्याउनुपर्ने उनीहरुको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार