सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेल सम्मानित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २४, २०८१ बिहिबार १६:४४:१५
२४ जेठ, काठमाडौं । सर्वोच्च शिखर सगरमाथा सफल आरोही सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई नेपाल पूर्व सशस्त्र प्रहरी सङ्घले आज काठमाडौँमा सम्मान गरेको छ । उनले यही जेठ ७ गते बिहान १०ः२० बजेको समयमा सगरमाथाको चुचुरोमा नेपाल र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पहिलो पटक सङ्गठनका तर्फबाट सगरमाथा आरोही पौडेलले हिमाली भेग तथा ‘हाई अल्टिच्युड’का भू–भागमासमेत सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कर्मचारीलाई सीमा सुरक्षार्थ थप अभिप्रेरित गरेको बताए । उनले नेपालको सीमा सुरक्षा गर्ने कार्यदेश बोकेको सशस्त्र प्रहरी बल नेपालले उच्च जोखिम एवं जस्तोसुकै परिस्थितिमा पनि हामीले आफूलाई जित्न सक्यौँ भने असम्भव भन्ने केही पनि नहुने उल्लेख गरे ।
सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा आयोजित सम्मान कार्यक्रममा सङ्घका अध्यक्ष एवं अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले सशस्त्र प्रहरी बल नेपालको प्रतिनिधित्व गर्दै सगरमाथाको प्रथम सफल आरोहण सशस्त्र प्रहरी बल नेपालको इतिहासका रुपमा स्थापित भएको बताए ।
उनले सशस्त्र प्रहरी नेपालको हिमाली भेगमा सीमा सुरक्षा गर्न तथा हाई अल्टिच्युडमा परिचालित हुनसक्ने जनशक्ति उत्पादन गर्न सक्षम रहेको बताउनुभयो । उनले सक्षम नेतृत्व र प्रेरणादायी भूमिका निर्वाह गर्नुहुने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई समेत हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको थियो ।
अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सङ्गठनको कुशल नेतृत्वको कारण सशस्त्र प्रहरी बलको तर्फबाट पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथामा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल सशस्त्र प्रहरी निरीक्षक पौडेल र सङ्गठन प्रमुखप्रति आभार प्रकट गरेको थियो । कार्यक्रममा आरोही पौडेलले नेपाल र सङ्गठनको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउन सफल भएकोमा गर्व महसुस गर्दै कार्यक्षेत्रमा सदैव सङ्गठनको हितमा समर्पित रही परिचालित हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रले सरुवा गर्यो १८ एसपीसहित २५१ जना डीएसपी
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका यी एसएसपीः आफू भए सबै ठीक, नभए संगठन नै बेठीक !
असार ४, २०८१ मंगलबार
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा योग विज्ञान शिविर
असार ४, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार