टी-२० विश्वकप : सुपर ओभरमा पाकिस्तानमाथि अमेरिकाको ऐतिहासिक जित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २५, २०८१ शुक्रबार ६:२०:३
![](https://nepalbahas.prixacdn.net/media/albums/USA_1.jpg_wqJCf1JWyb_0K36r8ZCg4.jpg)
२५ जेठ, काठमाडौं । अमेरिकाले जारी टी–२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध बनाएको छ । समूह ए अन्तरको खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । सुपर ओभरमा अमेरिकाले दिएको १९ रनको लक्ष्य पछाएको पाकिस्तानले एक विकेट गुमाएर १३ रन बनाए पछि खेल अमेरिकाले ५ रनले जितेको थियो ।
यसअघि पाकिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनाए पछि खेलको निर्णय सुपर ओभरमा भएको थियो । अमेरिकाले अन्तिम बलमा ५ रन आवश्यक रहेकोमा चौका हाने पछि रन बराबरी गरेको थियो । अमेरिकाका लागि कप्तान मोनांक पटेलले सर्वाधिक ५० रन बनाएका थिए भने आन्द्रिज गोउसले ३५, एरोन जोन्सले अविजित ३६ रन बनाएका थिए ।
यसअघि पाकिस्तानले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाए भने शडाब खानले ४० रन बनाएका थिए । त्यस्तै शाहिन शाह अफ्रिदीले अविजित २३ रन बनाएका थिए । त्यसैगरी अमेरिकाका बलर नोस्थुस केनिज्गेले ३ तथा सौरभ नेत्रभालकरले २ विकेट लिएका थिए ।
यो जितपछि समूह ए मा अमेरिकाले लगातार दुई खेल जितेर ४ अंक हासिल गरेको छ । यस अघि अमेरिकाले क्यानडालाई पराजित गरेको थियो । अब पाकिस्तानले अर्को खेल आइतबार भारत विरुद्ध खेल्दै छ भने अमेरिकाले भारत विरुद्ध जुन १२ मा खेल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार
आहा रारा गोल्डकपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्सले चुम्यो
फागुन ३, २०८१ शनिबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
के तपाई क्यान्सर हुनबाट बच्न चाहानुहुन्छ ? मज्जाले सुत्नुहोस्
फागुन ५, २०८१ सोमबार
कांग्रेस महामन्त्री गगन थापाले महाकुम्भमा स्नान
फागुन ५, २०८१ सोमबार
हलेसी बजारमा लागेको आगोबाट सात करोड ३० लाख बराबरको क्षति
फागुन ५, २०८१ सोमबार
कजाकिस्तानको चिहानमा भेटियो २५ सय बर्ष पुरानो ३७० ग्रामको सुनको ब्रेसलेट
फागुन ५, २०८१ सोमबार
गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाइ आज
फागुन ५, २०८१ सोमबार