मधेसको मुख्यमन्त्रीमा जनमतका सिंहद्वारा प्रदेश प्रमुखसमक्ष दाबी पेस
नेपालबहस संवाददाता
जेठ २५, २०८१ शुक्रबार ९:३५:३१
२५ जेठ, महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशको मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्न जनमत पार्टीका सतिशकुमार सिंहले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा उनले दाबी पेस गरेका हुन् ।
नेता सिंहसँगै एमाले संसदीय दलका नेता सरोज यादव, माओवादी केन्द्रका संसदीय दलका भरतप्रसाद साह, जनमत पार्टीका संसदीय दलका नेता महेश यादव, एकीकृत समाजवादी संसदीय दलका नेता गोविन्द बहादुर न्यौपानेले प्रदेश प्रमुखसमक्ष दाबी पत्र पेस गरेका हुन् ।
यसअघि जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भए पनि जनमतले सिंहलाई अगाडि सारेको हो । मधेसमा जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका नौ, एकीकृत समाजवादीका सात र नागरिक उन्मुक्ति पार्टीका एक गरी ५४ जना प्रदेशसभा सदस्यको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार प्रदेशसभाबाट विश्वासको मत नपाएपछि प्रदेशप्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकी थिइन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कन्ताराः च्याप्टर-१ को सुटिङ बस दुर्घटनाग्रस्त, २० जना घाइते
मंसिर ११, २०८१ मंगलबार
विदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
बालकृष्णको ‘चपुर घुम्न जाउँ...’ गीत सार्वजनिक
मंसिर ११, २०८१ मंगलबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषदमा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार