सात जना मन्त्रीसहित मधेशका मुख्यमन्त्री सिंहले मध्यान्ह १२ बजे शपथ लिने
नेपालबहस संवाददाता
जेठ २५, २०८१ शुक्रबार १०:३२:८
२५ जेठ, जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले सात सदस्यीय मन्त्रिमण्डल बनाउने भएका छन् । उनले शुक्रबार १२ बजे शपथ लिँदैछन् । उनीपछि सात जना मन्त्रीले शपथ लिनेछन् । मधेश भवनस्थित कवर्ड हलमा नवनियुक्त मुख्यमन्त्रीको शपथग्रहण राखिएको छ ।
नवनियुक्त मुख्यमन्त्री सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन् । साथै सात मन्त्रीले पनि आजै शपथग्रहण लिने बताइएको छ । उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले ५५ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्त गर्न दावी पेश गरेका थिए ।
सरकार बनाउन लागेका दलहरूबीच मन्त्रालय बाँडफाँटको टुंगो लागिसकेको छ । दलहरूले मन्त्रीको टुंगो पनि लगाइसकेको र नियुक्तिका लागि प्रदेश प्रमुख कार्यालय पठाउन लागेको बुझिएको छ । सत्तारुढ दलले बिहीबार कुन पार्टीलाई कति मन्त्रालय दिनेसमेत टुंगो लगाएको माओवादीका प्रदेश सांसद भट्टराई बताए ।
सरकारमा सहभागी ६ दलहरुमध्ये एमालेलाई ४, माओवादीलाई २, जनमतलाई मुख्यमन्त्रीसहित २, एकीकृत समाजवादीलाई २ र नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीलाई एक/एक मन्त्रालय भागबन्डामा परेको छ ।
एमालेको भागमा भौतिक, शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालय परेको छ भने माओवादीलाई अर्थ र पर्यटन मन्त्रालय परेको छ । यसैगरी जनमतलाई मुख्यमन्त्रीसहित वन मन्त्रालय परेको छ भने एकीकृत समाजवादीको भागमा ऊर्जा र कृषि मन्त्रालय परेको गठबन्धनले जानकारी दिएको छ ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा रोजगार र नेपाल संघीय समाजवादीलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको माओवादी प्रदेश सांसद भट्टराई बताए । प्रदेश सभाबाट बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले दाबी पेस गर्न आह्वान गरेकी थिइन । सोही समय सीमाभित्र ६ दलले आज दाबी पेस गरेका हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार