नामिबियालाई ५ विकेटले पराजित गर्दै स्कटल्याण्ड विजयी
नेपालबहस संवाददाता
जेठ २५, २०८१ शुक्रबार १०:३७:२०
२५ जेठ, अमेरिका । जारी आइसीसी टी-२० विश्वकपमा स्कटल्यान्डले नामिबियालाई पराजित गरेको छ । गएराति सम्पन्न समूह बि अन्तर्गतको यस खेलमा स्कटल्यान्डले नामिबियालाई ५ विकेटले पराजित गरेको हो ।
नामिबियाले दिएको १५६ रनको लक्ष्य पछाएको स्कटल्यान्डले १८.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिङ गर्दै नामिबियाले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो । यो जितपछि स्कटल्याण्डको २ खेलमा ३ अंक भएको छ ।
पहिलो खेलमा इङल्याण्डविरुद्धको खेल वर्षाले रद्द भएपछि एक अंक पाएको स्कटल्याण्ड समूह बि मा २ खेलमा ३ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै पहिलो खेलमा ओमानलाई हराएको नामिबियाको यो हारपछि २ खेलमा २ अंक भएको छ । अब स्कटल्यान्डले अर्को खेल जुन ९ मा ओमानविरुद्ध खेल्ने छ भने त्यस्तै नामिबियाले जुन १२ मा अस्ट्रेलियाविरुद्ध खेल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
विश्वकप विजेता भारतीय टिमलाई १२५ करोड भारू पुरस्कार
असार १७, २०८१ सोमबार
स्पेन युरोकपको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली
असार १७, २०८१ सोमबार
खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका उमेश खत्री
असार १७, २०८१ सोमबार
फ्रान्समा पहिलो चरणको मतदानमा राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा
असार १७, २०८१ सोमबार
पहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु
असार १७, २०८१ सोमबार
भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
प्रतिनिधि सभा बैठक : आज गृह, अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने
असार १७, २०८१ सोमबार