अर्थमन्त्री पुनद्वारा धितोपत्र बोर्डको वार्षिकोत्सव बहिष्कार, प्रमुख अतिथि नै नआएपछि कार्यक्रममा तनाव

नेपालबहस संवाददाता
जेठ २५, २०८१ शुक्रबार ११:१:२६

२५ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपाल धितो पत्र बोर्डको कार्यक्रम बहिष्कार गरेका छन् । बोर्डको ३२ औं वार्षिकोत्सवको कार्यक्रममा उनी नगएका हुन् । अर्थमन्त्री पुनलाई कार्यक्रममा प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो ।
शुक्रबार जारी वार्षिकोत्सव कार्यक्रममा उनी अनुपस्थित भएपछि आयोजकहरू असमञ्जसमा परेका छन् । उनीसँगै नेपाल राष्ट्र बैंकका गभर्नर पनि नआएकाले कार्यक्रम सञ्चालन गर्न समस्या भएको आयोजक धितो पत्र बोर्डका कर्मचारीले बताएका छन् । कार्यक्रममा उपस्थित नभएपछि बोर्डका कर्मचारीले अर्थमन्त्रीले कार्यक्रम बहिष्कार गरेको भएपनि कुनै खबर नआएको बताए ।
लामो समयदेखि सरकारले बोर्डमा अध्यक्ष नियुक्ति गर्न सकेको छैन । अध्यक्ष नियुक्तिमा एमाले अध्यक्ष ओली र अर्थमन्त्रीबीच हानथाप छ । पुस तेस्रो सातादेखि रिक्त रहेको अध्यक्ष नियुक्त गर्ने कार्य अन्तिम चरणमा पुगे पनि विवाद आउने भएपछि मन्त्री पुनले अध्यक्ष नियुक्त प्रकृया रोकेका छन् । यो समाचार तयार पार्दासम्म पुन कार्यक्रममा पुगेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
धार्मिक पर्यटनको केन्द्र बन्दै भैरवी मन्दिर
मंसिर २५, २०८१ मंगलबार
घोरदौरामा जीपलाइन सञ्चालनको तयारी
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार