एउटै विवादमा रथीलाई उन्मुक्ति, कर्णेललाई भने ‘नजरबन्द’
नेपालबहस संवाददाता
जेठ २५, २०८१ शुक्रबार ११:२४:२८
२५ जेठ, काठमाडौं । नेपाली सेनाका महासेनानी दीरेन्द्र कुमार मल्ललाई अमेरिकाबाट नेपाल फिर्ता बोलाइएको छ । अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका मल्ललाई सेनाले यसैसाता अमेरिकाबाट नेपाल फिर्ता बोलाएको हो । चार महिनाअघि मात्र सैनिक सल्लाहकारको रुपमा न्युयोर्क पुगेका मल्ललाई आइतबार नेपाल फिर्ता बोलाएर मुख्यालयमा हाजिर गराई कसैसँग भेटघाट नगर्न निर्देशन दिइएको सैनिक उच्च स्रोतले जानकारी दिएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा उनलाई न्युयोर्कबाट फिर्ता बोलाएर सैनिक मुख्यालयमा हाजिर गराइएको हो । महासेनानी मल्लको नागरिकता र शैक्षिक योग्यतामा प्रश्न गर्दै कोही कसैले उजुरी गरेका कारण उनलाई न्युयोर्कबाट नेपाल झिकाइएको हो । तर यस्तै प्रकृतिको विवादमा एक रथीले उन्मुक्ति पाइरहेका छन् । उनलाई भने प्रधानसेनापतिले न्युयोर्कबाट झिकाएर छानवीन गर्ने भन्दै एकप्रकारले नजरबन्दमा राखेका छन् ।
४५ औं प्रधानसेनापतिको रोल क्रममा रहेका अशोकराज सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा कीर्ते गरेर जन्ममिति सच्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको भएपनि उनलाई भने उन्मुक्ति दिइएको छ । प्रधानसेनापति प्रभुराम शर्माले रिक्त रथी दरबन्दीमा वरिष्ठताका आधारमा सिग्देललाई रथी बनाइसकेका छन् । गत मंसिर ४ गते परेको उजुरीबारे छानबिन गरेर जानकारी गराउन अख्तियारले केही दिन अघि मात्रै रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
वास्तविक जन्ममिति २०२१ साल चैत १९ गते भएका सिग्देलले शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा २०२३ माघ १९ गते बनाएको जंगी अड्डा स्रोतले जनाएको छ । २०३९ सालको एसएलसीको प्रमाणपत्र, २०४० सालमा सुपिङ क्याम्पसमा भर्ना हुँदाको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उपरथी सिग्देलको जन्ममिति २०२१ चैत १९ गते रहेको उजुरीमा देखिन्छ । २०४० असोज ९ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकताको प्रमाणपत्रमा उमेर ‘१९ वर्ष’ र ढड्डामा ‘२०२१ साल’ उल्लेख छ ।
उपरथी सिग्देलले २०५८ जेठ ८ मा जाजरकोट जिल्लाबाट नागरिकताको प्रतिलिपि लिंदा कीर्ते गरेको स्रोतको दाबी छ । सिग्देलले निवेदन दिएपछि २०४३ साउन ३१ गते जन्ममिति परिवर्तन गरिएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको चलानी नम्बर १४६७ को पत्रमा उल्लेख छ । त्यस्तै, २०७६ साउन ३० गते त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उल्लिखित जन्ममिति २०२१ चैत १९ लाई केरमेट गरेर २०२३ माघ १९ गते बनाएको विषयमा अनुसन्धान हुनुपर्ने उजुरीमा उल्लेख छ ।
सिग्देलले एसएलसीको प्रमाणपत्रको प्रतिलिपि १२ नोभेम्बर २०१८ र १३ नोभेम्बर २०१८ मा लिएको देखिन्छ । त्यस्तै, त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रेसन कार्डको प्रतिलिपि १५ अगस्ट २०१९ मा लिएको देखिन्छ । प्रमाणपत्र कीर्ते गरेको विवादपछि प्रधानसेनापतिको रोल क्रममा रहेका रथी ताराध्वज पाण्डेले कात्तिक २४ गते पदबाट राजीनामा दिएका थिए । सरकारले पाण्डेको राजीनामा स्वीकृत गरिसकेको छ । उपरथी पाण्डेको जन्ममिति विवाद आउँदा पनि शुरूमा जंगी अड्डाले प्रतिरक्षा गर्दै विज्ञप्ति निकालेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार