८ नम्बरमा पर्यो उपेन्द्र यादवको रिट, न्यायाधीश फुयाँल र श्रेष्ठको इजलासमा सुनुवाइ
नेपालबहस संवाददाता
जेठ २५, २०८१ शुक्रबार ११:२१:४४
२५ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यता विरुद्ध अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।
यो रिट सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको छ । पटक पटक हेर्न नभ्याइनेमा परेको यो रिटको पेशी आठौं नम्बरमा परेको हुँदा आज सुनुवाइ हुने सम्भावना देखिएको छ ।
यसअघि सो रिटमा गत वैशाख २७ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरू जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी गत ८ गते गते छलफलका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो ।
निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई अधिकारिकता दिएको प्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका हुन् ।
जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् । अशोक राईसँग ७ जना सांसद छन् । अहिले सरकार छाडे लगतै उनी अर्को पक्षको वैधता खारेजीका माग गर्दै अदालत गएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्छः उपप्रधानमन्त्री सिंह
कात्तिक २९, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण बारे संसदीय समितिमा छलफल हुने
कात्तिक २९, २०८१ बिहिबार
राष्ट्रपति पौडेलको अजरबैजानका समकक्षी अलियेफसँग भेटवार्ता
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
अधिकारकर्मीहरूको मागः आयोगका पदाधिकारी छनोट प्रक्रिया पारदर्शी होस्
कात्तिक २९, २०८१ बिहिबार
पेरिस सम्झौताको कार्यान्वयनलाई प्रभावकारी बनाउन नेपालको जोड
कात्तिक २९, २०८१ बिहिबार
कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्छः उपप्रधानमन्त्री सिंह
कात्तिक २९, २०८१ बिहिबार
विश्वकपमा छनोट यू-१९ महिला टिमलाई नगद पुरस्कार दिने क्यानको निर्णय
कात्तिक २९, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण बारे संसदीय समितिमा छलफल हुने
कात्तिक २९, २०८१ बिहिबार
पाकिस्तानमा विषाक्त धुवाँ फैलिँदा एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित
कात्तिक २९, २०८१ बिहिबार