प्रचारप्रसार नहुँदा राइनो ताल ओझेलमा
नेपालबहस संवाददाता
जेठ २५, २०८१ शुक्रबार १२:५:१९
२५ जेठ, चितवन । भरतपुर महानगरपालिका–१२ स्थित रामबेल सामुदायिक वनअन्तर्गत रहेको राइनो ताल भरतपुर बजारबाट सबैभन्दा नजिक रहेको ताल हो । बजारबाट नजिकै रहेपनि राइनो तालको प्रचारप्रसार नहुँदा पर्यटकको आगमन भने सोचेजस्तो हुन सकेको छैन ।
भरतपुर महानगरपालिका–१२ का वडाध्यक्ष लेखराज पन्तका अनुसार दुर्लभ जङ्गली जनावर अवलोकनका लागि यो ताल महत्वपूर्ण मानिन्छ । उनले भने, “गैँडाले पानी खाने ताल भएकाले राइनो ताल भनिएको हो, यहाँ गैँडासँगै विभिन्न प्रजाति चरा, गोही, हरिण, मृग, जरायोलगायतका वन्यजन्तु हेर्न पाइन्छ ।” विशेष गरी दुर्लभ वन्यजन्तुको लागि यो ताल महत्वपूर्ण रहेको उनको भनाइ छ ।
साथै वडाध्यक्ष पन्तले राइनो ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताए । उनले भने, “राइनो ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ, यो भ्रमण वर्षको अवसरमा प्रचारप्रसारलाई अलि अगाडि बढाउन सक्यो भने बिसहजारी ताल र बाटुली पोखरीमा जस्तै पर्यटकको आगमन वृद्धि गर्न सकिन्छ ।”
उनले तालसम्म सडक बाटो ग्राबेल गरिएकाले साना ठूला सबै किसिमको सवारी साधनमा पुग्न सकिने बताए । राइनो तालमा ड्याम निर्माणका साथै वन्यजन्तु अवलोकनका लागि मचान, विश्रामस्थल, शौचालयलगायत विभिन्न भौतिक संचरना पनि निर्माण गरिएको छ ।
रामबेल समुदायिक वनका अध्यक्ष माधव धितालका अनुसार राइनो ताल सात हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो ताल दुई मिटरदेखि साढे पाँच मिटरको गहिराइ रहेको छ । राइनो तालमा सुक्खा मौसममा पनि पानी प्रशस्त हुने भएकाले वन्यजन्तुका लागि महत्वपूर्ण रहेको बताए। उनले भने, “राइनो तालमा सुक्खा मौसममा पनि पानी प्रशस्त रहने भएकाले वन्यजन्तुका लागि महत्वपूर्ण छ, तालमै पानीको स्रोत भएकाले पानी सुक्दैन ।”
यो ताल अवलोकनका लागि मासिक दुई हजारको हाराहारीमा पर्यटक आउने गरेका छन् । भरतपुर भ्रमण वर्ष २०२४ घोषणापछि मात्र यहाँ आउने पर्यटकको रेकर्ड राख्न सुरु गरिएको हो । दुई महिनायाता यहाँ आउने पर्यटकहरूको रेकर्ड राख्न सुरु गरिएको हो । ताल अवलोकन गर्न आउने पर्यटकका लागि रु २० प्रवेश शुल्क लिने गरिएको छ । भरतपुर भ्रमण वर्ष सुरु भएपछि पर्यटक आवागमनका वृद्धि हुँदै गएको वनका अध्यक्ष धितालको भनाइ छ । राइनो ताललाई विसं २०६२ देखि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सुरु गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीले क्षति पुर्याएको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन
असोज २५, २०८१ शुक्रबार
कात्तिकसम्म निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने सरकारको तयारी
असोज २५, २०८१ शुक्रबार
निर्माण व्यवसायीले समयमै काम नगर्दा कर्णाली प्रदेश ३३ ठूला आयोजना अलपत्र
असोज २३, २०८१ बुधबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
असोज २६, २०८१ शनिबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
असोज २६, २०८१ शनिबार
पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका
असोज २६, २०८१ शनिबार
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई
असोज २६, २०८१ शनिबार
महिला टी-२० विश्वकप : न्यूजील्याण्डद्धारा श्रीलंका पराजित
असोज २६, २०८१ शनिबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
असोज २६, २०८१ शनिबार
प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ
असोज २६, २०८१ शनिबार
दक्षिण भारत रेल दुर्घटनामा १९ जना घाइते
असोज २६, २०८१ शनिबार
आजदेखि नेपालबाट बाहिरियो यस वर्षको मनसुन
असोज २६, २०८१ शनिबार