लिच्छविकालीन सप्तपाताल पोखरी पुनःनिर्माण गरिँदै
नेपालबहस संवाददाता
जेठ २५, २०८१ शुक्रबार १३:२८:२३
२५ जेठ, ललितपुर । लगनखेल बटुकभैरव मन्दिर अगाडिको लिच्छविकालीन सप्तपाताल पोखरी आकर्षक शैलीमा पुनः निर्माण हुने भएको छ । लिच्छविकालीन इतिहास बोकेको उक्त पोखरी पुनः निर्माणसँगै वरिपरि हरियाली रुखका रोप्ने काम सुरु भएको हो ।
रु ३७ लाख ५० हजारमा पोखरी खन्न ललितपुर महानगरसँग भएको सम्झौताअनुसार शिव निर्माण सेवाले पोखरीमा जम्मा भएको माटो निकाल्ने काम अन्तिम चरणमा पु¥याएको ठेकेदार कम्पनीका प्रमुख रोशनकुमार थापाले जानकारी दिए । “ठेक्का सम्झौताअनुसार आगामी साउनको ३० गतेसम्म पोखरी खनेर तयार पार्नु पर्नेछ भने माटो परीक्षण प्रतिवेदनसमेत महानगरलाई बुझाउनु पर्नेछ”, उनले भने, “तोकिएको समयअगावै काम सम्पन्न गरेर महानगरलाई बुझाउने तयारी गरिरहेका छौँ ।”
पोखरीविज्ञ पद्मसुन्दर जोशी, आकाशे पानीविज्ञ प्रकाश अमात्य, पुष्पमान अमात्य, सुरेन्द्र श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठलगायत टोलीको विज्ञताका आधारमा ललितपुर महानगरले लगनखेलस्थित उक्त पोखरीको पुनः निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर काम सुरु गरेको थियो । सोहीअनुसार अहिले पोखरीको वरिपरि पारदर्शी बार लगाउने काम सम्पन्न भइसकेको छ ।
नमूना मच्छिन्द्र स्कुलले मिचेर बनाएका टहरासमेत भत्काएर पुनः निर्माण गर्न ठूलो सङ्घर्ष गर्नुपरेको स्थानीय पूर्ण स्थापितले बताए । “वर्षौँसम्म छलफल र दबाब दिएपछि पोखरीलाई फिर्ता ल्याएका हौँ”, उनले भने, “सप्तपातल जोगाउन १५ वर्ष कानुनी लडाइँ लड्नु पर्यो । यहाँ पहिलाकै जस्तो पोखरी बनाउने योजना अनुसार महानगरले पहल थालेको छ ।”
पाटन शहरलाई पुनर्जीवन दिन सो पोखरी सहायकसिद्ध हुने ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । “यस पोखरीमा पानी भरेपछि नजिकका पोखरी र ढुङ्गेधारामा बाह्रै महिना पानी झर्ने विश्वास छ । यस पोखरीमा पानी भर्न यहाँभन्दा १४ किलोमिटरमाथि टीकाभैरवबाट राजकुलो हुँदै पानी ल्याउने अभियान छ”, उनले भने, “सातदोबाटो चक्रपथ निर्माण हुँदा राजकुलो पुरिएपछि यहाँ पोखरी मासियो । सप्तपाताल पोखरी पनि सुकेपछि अतिक्रमण बढेको थियो । अब यसलाई जीवन्त बनाउने योजनामा लागेका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीले क्षति पुर्याएको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन
असोज २५, २०८१ शुक्रबार
कात्तिकसम्म निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने सरकारको तयारी
असोज २५, २०८१ शुक्रबार
निर्माण व्यवसायीले समयमै काम नगर्दा कर्णाली प्रदेश ३३ ठूला आयोजना अलपत्र
असोज २३, २०८१ बुधबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
असोज २६, २०८१ शनिबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
असोज २६, २०८१ शनिबार
पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका
असोज २६, २०८१ शनिबार
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई
असोज २६, २०८१ शनिबार
महिला टी-२० विश्वकप : न्यूजील्याण्डद्धारा श्रीलंका पराजित
असोज २६, २०८१ शनिबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
असोज २६, २०८१ शनिबार
प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ
असोज २६, २०८१ शनिबार
दक्षिण भारत रेल दुर्घटनामा १९ जना घाइते
असोज २६, २०८१ शनिबार
आजदेखि नेपालबाट बाहिरियो यस वर्षको मनसुन
असोज २६, २०८१ शनिबार