गणेश हिमालको आधार शिविरसम्म पदमार्गको खोजी
नेपालबहस संवाददाता
जेठ २५, २०८१ शुक्रबार १५:४५:८
२५ जेठ, गोरखा । गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकास्थित गणेश हिमाल आधार शिविरसम्म पुग्न पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष सानेबहादुर गुरुङले पर्यटन प्रवद्र्धनमा थप मद्दत पुग्ने अपेक्षासहित गणेश हिमालको आधार शिविरसम्म पदमार्गको पहिचानका लागि प्रारम्भिक अध्ययन गरिएको जानकारी दिए ।
स्थानीय सरोकार भएकाहरूसहित इन्फ्रा डेभलपमेण्ट कन्सल्ट्यान्टको टोलीले करिब चार हजार आठ सय १० मिटर उचाइसम्म पुगेर पदमार्गको सम्भाव्यता अध्ययन गरेको उनले बताए । सम्भावित पदमार्गको कतिपय ठाउँमा खानेपानीको समस्या देखिएकाले कहाँबाट पानी ल्याउन सकिन्छ भन्नेमा थप अध्ययन गर्न बाँकी रहेको उनले बताए । ‘‘वि.सं. २०७९ मा धार्चेसम्म गणेश हिमाल पदमार्ग सम्भाव्यता अध्ययन भइसकेको थियो, चुमनुब्रीतर्फ काम भएको थिएन, यसपटक प्रारम्भिक अध्ययनको काम सम्पन्न गरिएको छ’’, अध्यक्ष गुरुङले भने ।
अध्ययनका क्रममा पदमार्गमा पर्यटक बस्नका लागि सुरक्षित क्याम्प रहने स्थान, जोखिमपूर्ण स्थानलगायतको पनि अध्ययन गरिएको थियो । धार्चे र चुमनुब्री गरी गणेश हिमाल पदमार्ग पूरा गर्न करिब एकहप्ता लाग्ने अनुमान गरिएको छ ।
टोलीले सल्लेरी, पातीबाट देवल, दोङकरचेत, लङ्तखर्क, भीमाथाङखोला हुँदै गणेश हिमालको आधार शिविरसम्म पदमार्गको अध्ययन गरेको अध्यक्ष गुरुङले जानकारी दिए । ‘‘पदमार्गको ठाउँठाउँमा साइन बोर्ड राख्नुपर्ने र तीन ठाउँमा पुल हाल्नुपर्ने अध्ययनका क्रममा पाइएको छ”, उनले भने, “त्यति गर्नसके पदमार्गमा पर्यटक भित्र्याउन सकिन्छ ।’’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने
असोज १७, २०८१ बिहिबार
व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
असोज २६, २०८१ शनिबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
असोज २६, २०८१ शनिबार
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई
असोज २६, २०८१ शनिबार
महिला टी-२० विश्वकप : न्यूजील्याण्डद्धारा श्रीलंका पराजित
असोज २६, २०८१ शनिबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
असोज २६, २०८१ शनिबार
प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ
असोज २६, २०८१ शनिबार
दक्षिण भारत रेल दुर्घटनामा १९ जना घाइते
असोज २६, २०८१ शनिबार
आजदेखि नेपालबाट बाहिरियो यस वर्षको मनसुन
असोज २६, २०८१ शनिबार