अनधिकृत रुपले सार्वजनिक जग्गा कब्जा गर्नेमाथि कारबाही थाल्न सरकारलाई समितिको ताकेता
नेपालबहस संवाददाता
जेठ २५, २०८१ शुक्रबार १६:४:६
२५ जेठ, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले अनधिकृत सरकारी तथा सार्वजनिक जग्गा कब्जा गर्ने, अतिक्रमण गर्ने र दुरुपयोग गर्नेलाई यथाशीघ्र कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबारको बैठकले सार्वजनिक तथा सरकारी जमिनलाई दुरुपयोग हुनबाट रोक्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो ।
सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी अभिलेखीकरणमा तीन तहबीच नीतिगत स्पष्टता नदेखिएको बैठकले भनेको छ । बैठकले सीमांकन, नक्सांकन तथा अभिलेखीकरणका लागि आपसी समन्वयन तथा आवश्यकताका आधारमा देशभर पुनः नापी गरी व्यवस्थापन गर्न निर्देशन दिइएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
बैठकले सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी पुराना अभिलेखीकरणलाई संरक्षण गर्न पनि निर्देशन दिएको छ । सरकारले उपलब्ध गराएका सार्वजनिक जग्गाहरूमा फरक प्रकृतिमा प्रयोग गर्ने, अनाधिकृत रूपमा कब्जा गर्ने र व्यक्तिको सम्पत्तिको नाममा दर्ता गरी सार्वजनिक सम्पत्तिको दुरूपयोग गर्नेलाई कारबाही गर्न पनि भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति पोखरेलले जानकारी दिए ।
बैठकले सार्वजनिक जग्गासम्बन्धी सम्पूर्ण विवरणको अभिलेखीकरण एकीकृत रूपमा राख्ने प्रणालीको विकास गर्न, सरकारी जग्गा लिजमा दिनेसम्बन्धी खुकुलो कार्य नीतिगत व्यवस्थालाई पुनरावलोकन गर्न पनि निर्देशन दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार