भक्तपुरको विद्यालयमा निर्वाचन : आफ्नो नेता आफैँ छान्दै विद्यार्थी
नेपालबहस संवाददाता
जेठ २५, २०८१ शुक्रबार १६:९:१७
२५ जेठ, भक्तपुर । असाध्यै कडा सुरक्षा व्यवस्था । त्यति हुँदा हुँदै पनि मानिसको भीड । लाइनमा रहेर व्यग्र प्रतीक्षा । यो दृश्य हो, भक्तपुरको एउटा स्कुलमा भएको निर्वाचनको ।
भक्तपुरको एभरेस्ट स्कुलले निर्वाचन कार्यक्रम गरेको थियो । विद्यार्थीलाई आफ्ना नेता छान्न लगाउन निर्वाचन गरेको थियो । भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेस्ट स्कुलका विद्यार्थीले मतदान गरेर आफ्ना चार जना नेता छनोट गरेका हुन् ।
स्कुलले जनाएअनुसार स्कुलमा चारवटा सदन छन् । प्रत्येक सदनमा एकजना नेता निर्वाचनबाट छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ । चुनावमा कक्षा ६ देखि कक्षा १० सम्मका पाँच सय ९५ जना विद्यार्थीले मतदान गरेका थिए ।
स्कुलका संस्थापक प्रधानाध्यापक भक्त राजभण्डारीले विद्यार्थीलाई आफ्ना नेता आफैं छान्नका लागि चुनाव गराएको जनाए । उनका अनुसार प्रत्येक सदनबाट एकएक जना गरी चार सदनका लागि चार जना नेता चयन गर्न चुनाव भएको हो । एकजना नेता चुन्नका लागि घटीमा चारदेखि सातजनासम्म उम्मेदवारी परेको थियो । लेखनाथमा ४, लक्ष्मीमा ५, मोतीमा ५ र भानुमा ७ गरी कुल २१ जना चुनावी मैदानमा होमिएका थिए । उनीहरु मध्ये एउटा सदनबाट एकएक जना विजयी हुनेछन् ।
स्कुलका शिक्षक जगन्नाथ खतिवडाले विद्यार्थीलाई निर्वाचन प्रणालीबारे अनुभव गराउन पनि निर्वाचन गरिएको बताए । त्यसअनुसार उम्मेदवार मनोनयन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन, मतदाता नामावली सार्वजनिक, प्रचारप्रसार गराइएको थियो । त्यसअनुसार निर्वाचन चिह्न पनि प्रदान गरिएको थियो । त्यसअनुसार गोप्य मतदान गराइएको थियो । मतदान बिहान ११ बजेबाट सुरु भएको थियो ।
निर्वाचनमा मतदान साँझ सकिएको थियो । मतदान सकिएपछि सर्वदलीय बैठक बसी मतगणना सुरु गरिएको थियो । त्यसअनुसार बिहीवार नै विजयीको नाम घोषणा गरिएको थियो । स्कुलले जनाएअनुसार निर्वाचित नेताहरूले स्कुलका हरेक अरिरिक्त क्रियाकलापमा सक्रियतापूर्वक अन्य विद्यार्थीलाई सहभागी बनाउने भूमिकामा रहने छन् । उनीहरूले पूरै स्कुलका छात्रछात्रालाई अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागी गराउने भूमिकामा रहने छन् । ६ कक्षाभन्दा मुनिका बालबालिकालाई बालिग (उमेर नपुगेका मतदाता) मानेर मतदान गराइएको थिएन ।
एभरेस्ट स्कुल जिल्लाकै एउटा उत्कृष्ट स्कुल हो । एसईईमा बोर्ड उत्कृष्टको व्यवस्था रहेको बेला यो स्कुलबाट एकपटक छात्रा बोर्ड फस्ट र अर्को पटक छात्र बोर्ड सेकेण्ड ल्याउन सफल भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार