कान्ति लोकपथको हेटौंडा–काठमाडौं सडक आजदेखि सञ्चालन
नेपालबहस संवाददाता
जेठ २५, २०८१ शुक्रबार १९:१३:२४
२५ जेठ, वाग्मती । कान्ति लोकपथअन्तर्गत मकवानपुरको हेटौंडा–काठमाडौं जोड्ने सडक आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । स्तरोन्नतिसँगै मर्मतका लागि गत चैत १ गतेदेखि बन्द गरिएको सो सडक आज बिहानबाट पूर्णरुपमा सञ्चालनमा आएको हो ।
सो सडकअन्तर्गत ललितपुरको वाग्मती गाउँपालिका–२ रातोभिरस्थित सडक निर्माण गर्ने क्रममा ढुङ्गा माटो धेरै झरी सडकसमेत भासिएपछि बन्द रहेको सडक मर्मतसम्भारपश्चात् पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । गत वैशाख १६ गतेदेखि बिहान ९ बजेदेखि अपरान्ह १२ बजेसम्म र राति ६ बजेदेखि बिहान ४ बजेसम्म दैनिक खुला गरिएको उक्त सडक आजदेखि पूर्णरुपमा सञ्चालन भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
ललितपुरको टीकाभैरवदेखि तीनपाने भञ्ज्याङ, भट्टेडाँडा, काल्चे बगुवा हुँदै हेटौंडासम्मको करिब डेढ किलोमिटर सडकमा स्तरोन्नति र मर्मतको काम गरिएको छ । यस्तै थानकोट–चित्लाङ सडकखण्ड असार २० गतेसम्म दैनिक पाँच घण्टा बन्द रहने छ ।
सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्न लागिएको भन्दै सो सडक दैनिक बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म पूर्णरुपमा बन्द गरेको हो । सो सडक निर्माणका लागि बिएसपी/जयश्री महालक्ष्मी जेभीसँग सम्झौता भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
न्यायाधीश शर्माको एकल इजलासमा पर्यो दुर्गा प्रसाईंको बन्दीप्रत्क्षीकरण रिटको पेशी
मंसिर ९, २०८१ आइतबार
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
नबिल बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
मंसिर ९, २०८१ आइतबार
हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद सकिएपछि रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
मंसिर ९, २०८१ आइतबार