‘बजेटले उपभोक्ताको हितलाई बेवास्ता गर्यो’
नेपालबहस संवाददाता
जेठ २५, २०८१ शुक्रबार १९:४६:४७
२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले आर्थिक वर्ष २०८१/८२ को बजेटले उपभोक्ताको हितलाई बेवास्ता गरेको जनाएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं आपूर्ति तथा उपभोक्ता विभाग प्रमुख गुरु बरालले आज विज्ञप्ति जारी गर्दै बजेटले उपभोक्ताको हितलाई सम्बोधन गर्न नसकेको उल्लेख गरे ।
“दैनिक उपभोग्य वस्तु चामल, चिनी, दाल, तेल, माछामासु, सागसब्जी तथा फलफूलमा अत्यधिक मूल्यवृद्धि भएको छ, यसका कारण आम उपभोक्ताको भान्छा अत्यन्त महङ्गो भएको छ”, प्रमुख बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बजेटले भन्सार नीतिमा व्यापक परिवर्तन गर्दै आलु, प्याज तथा स्याउमा मूल्य अभिवृद्धि कर हटाएको देखाएर दाल, चामल, माछामासु, तेललगायतका १० प्रतिशत भन्सार महसुल लिने र भन्सार विन्दुमा नै अग्रीम आयकर कट्टी गर्नेजस्ता नीति लागू गरेको प्रमुख बरालले आरोप लगाए ।
“उपभोक्ताले दैनिक उपभोग गर्ने वस्तुमा विगतमा करिब शून्य भन्सार दर लागू भइरहेको वस्तुमा भन्सार महसुल लगाउने र अग्रिम आयकर दस्तुर लगाउने कामले उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्छ”, विज्ञप्तिमा उल्लेख छ ।
संविधानको मर्म र आमनागरिकको खाद्य वस्तु माथिको सहज पहुँचको हक अधिकार माथि नै कुण्ठित हुने गरी दैनिक उपभोग्य वस्तुमा लगाइएको भन्सार महसुल दर र अग्रिम आयकर लिने व्यवस्था खारेज गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैंले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ : देउवा
असोज २६, २०८१ शनिबार
कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय शिलान्यास
असोज २५, २०८१ शुक्रबार
आजदेखि प्रधानन्यायाधीश क्वालालम्पुरमा
असोज २५, २०८१ शुक्रबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
असोज २६, २०८१ शनिबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
असोज २६, २०८१ शनिबार
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई
असोज २६, २०८१ शनिबार
महिला टी-२० विश्वकप : न्यूजील्याण्डद्धारा श्रीलंका पराजित
असोज २६, २०८१ शनिबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
असोज २६, २०८१ शनिबार
प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ
असोज २६, २०८१ शनिबार
दक्षिण भारत रेल दुर्घटनामा १९ जना घाइते
असोज २६, २०८१ शनिबार
आजदेखि नेपालबाट बाहिरियो यस वर्षको मनसुन
असोज २६, २०८१ शनिबार