मनसुनअघि नै विकासका काम सम्पन्न गर्न सुझाव
नेपालबहस संवाददाता
जेठ २५, २०८१ शुक्रबार २१:२६:३४
२५ जेठ, काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका सदस्यहरूले चालु आर्थिक वर्षका लागि तोकिएका विकास पूर्वाधार निर्माणका काम मनसुन सुरु हुनु अगावै सम्पन्न गर्न सुझाव दिएका छन् । आज बसेको समितिको बैठकमा उनीहरुले मनसुनमा विकास निर्माण गुणस्तरीय नहुने भन्दै मनसुन सुरुअघि नै निर्माण सम्पन्न गर्नका लागि सुझाव दिएको हो ।
समिति सभापति दीपकबहादुर सिंहले निर्माण समयमा नै नसक्दा कतिपय विकासका आयोजनाहरू अलपत्र अवस्थामा रहेको भन्दै तोकिएको समयमा नै काम सक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने तयारी भएको जानकारी गराए । “बुटवल– नारायणगढ तथा तनहुँ– पोखरा सडक खण्ड निर्माण सम्पन्न हुन नसक्दा यात्रुहरूलाई आवतजावतमा असहज भएको छ, यीलगायत अन्य पूर्वाधार निर्माण समय नै सक्नका लागि समितिले मन्त्रालयलाई राय तथा निर्देशन दिने छौ,” उनले भने ।
समिति सदस्य माधव सापकोटाले यस वर्ष समय अगावै मनसुन सुरु हुन लागेको भन्दै निर्माणाधीन अवस्थामा रहेका पूर्वाधार विकासको काम सम्पन्न गर्नुपर्ने सुझाव दिए । “पूर्वाधारका आयोजनाहरू समयमा नै सम्पन्न गर्न नसक्दा लथालिङ्ग भएको देखिन्छ,” उनले भने, “असार लागेपछि मात्रै धमाधम विकास आयोजनाको काम अगाडि बढाइन्छ तर मनसुन सुरु हुनु अगावै आयोजना निर्माण काम सम्पन्न गर्न सकेमा पूर्वाधार निर्माण गुणस्तरीय हुन्छ ।”
समिति सदस्य शिव नेपालीले वर्षा सुरु हुनु अगावै सम्बन्धित मन्त्रालयलाई पूर्वाधार विकासलाई द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिनुपर्ने बताए । निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका पूर्वाधार आयोजनाहरुको अनुगमनको विषयमा प्रतिनिधिसभा सदस्यहरू प्रत्यक्ष रुपमा संलग्न रहनुपर्ने उनको भनाइ थियो ।
समिति सदस्य मैना कार्कीले बजेट सक्नका लागि पूर्वाधार निर्माणमा हतार गर्न नहुने धारणा राखे । सदस्य विना लामाले पूर्वाधार विकासको नीतिको प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनुगमनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । सदस्य प्रतिमा गौतमले सात वटै प्रदेशमा अनुगमनलाई अगाडि बढाउनुपर्नेमा सुझाव दिए । सदस्यद्वय कल्पना चौधरी र प्रेमबहादुर महर्जनले पनि विकासका पूर्वाधार निर्माणलाई समयमा नै सक्न र पारदर्शी बजेट खर्च गर्नका लागि अनुगमनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवरुद्ध सिद्धिचरण राजमार्ग सुचारु
असोज २६, २०८१ शनिबार
दशैंमा आज पोखरामा निःशुल्क बस सञ्चालन
असोज २६, २०८१ शनिबार
पहिरो हटाएर बीपी राजमार्ग पुनः सञ्चालन
असोज २५, २०८१ शुक्रबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
असोज २६, २०८१ शनिबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
असोज २६, २०८१ शनिबार
पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका
असोज २६, २०८१ शनिबार
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई
असोज २६, २०८१ शनिबार
महिला टी-२० विश्वकप : न्यूजील्याण्डद्धारा श्रीलंका पराजित
असोज २६, २०८१ शनिबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
असोज २६, २०८१ शनिबार
प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ
असोज २६, २०८१ शनिबार
दक्षिण भारत रेल दुर्घटनामा १९ जना घाइते
असोज २६, २०८१ शनिबार
आजदेखि नेपालबाट बाहिरियो यस वर्षको मनसुन
असोज २६, २०८१ शनिबार