टी-२० विश्वकपमा आज चार खेल हुँदै
नेपालबहस संवाददाता
जेठ २६, २०८१ शनिबार ६:२४:५२
२६ जेठ, काठमाडौं । जारी आइसीसी टी-२० विश्वकपमा आज चार खेल हुँदै छन् । आज पहिलो खेल समूह सी अन्तर्गत अफगानिस्तान र न्युजिल्याण्डबीच हुँदै छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ५ बजेदेखि हुँदै छ ।
जारी विश्वकपमा अफगानिस्तानले आफ्नो पहिलो खेल जितेको छ । अफगानिस्तानले युगान्डालाई पराजित गर्दै २ अंक हासिल गरेको छ । त्यस्तै न्यूजील्याण्डको भने यस विश्वकपमा यो पहिलो खेल हो । अफगानिस्तान र न्युजिल्याण्डबीच अहिलेसम्म केवल एक टी-२० खेल भएको छ, जुन न्युजिल्याण्डले जितेको छ ।
त्यस्तै आज दोस्रो खेलमा समूह डी मा रहेको बंगलादेश र श्रीलंका खेल्दै छन् । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ६ बजेदेखि शुरु हुँदै छ ।
यस विश्वकपमा श्रीलंकाले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग हार बेहोरेको छ भने बंगलादेशको यो पहिलो खेल रहेको छ । त्यसैगरी बंगलादेश र श्रीलंका अहिलेसम्म टी-२० अन्तर्राष्ट्रिय खेलमा १६ पटक आमनेसामने भएका छन् । जसमा श्रीलंकाले ११ पटक जितेको छ भने बंगलादेशले ५ पटक जितेको छ ।
त्यस्तै आज तेस्रो खेलमा समूह डी अन्तर्गतकै नेदरल्याण्ड्स र दक्षिण अफ्रिका पनि खेल्दै छन् । न्यूयोर्कस्थित नसाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८स १५ बजेदेखि शुरु हुने छ ।
जारी विश्वकपमा नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाले आ-आफ्ना पहिलो खेलमा जित हासिल गरेर २(२ अंक बटुलेका छन् । नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको थियो । दक्षिण अफ्रिका र नेदरल्यान्डबीच अहिलेसम्म २ टी-२० खेल भएका छन्, जसमा दुवैले एक एक खेल जितेका छन् । नेदरल्याण्ड्सले पछिल्लो २०२२ मा सम्पन्न टी(२० विश्वकपमा दक्षिण अफ्रिकालाई १३ रनले पराजित गरेर स्तब्ध बनाइदिएको थियो ।
त्यसैगरी आज चौथो खेल समूह बी अन्तर्गत अस्ट्रेलिया र इङल्याण्डबीच हुदै छ । बार्बाडोसस्थित केन्सिंगटन ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १०स् ४५ बजेदेखि हुने छ । जारी विश्वकपमा आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई पराजित गरेर २ अंक हासिल गरेको छ भने इङल्याण्डले भने स्कटल्याण्डविरुद्धको खेल बर्षाले रद्द भएपछि एक अंक हासिल गरेको छ ।
अस्ट्रेलिया र इङल्याण्डबीच अहिलेसम्म २३ टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा इङ्ल्यान्डले ११ खेल जितेको छ भने अस्ट्रेलियाले १० खेल जितेको छ । त्यस्तै २ खेलको नतिजा आएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
विश्वकप विजेता भारतीय टिमलाई १२५ करोड भारू पुरस्कार
असार १७, २०८१ सोमबार
स्पेन युरोकपको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली
असार १७, २०८१ सोमबार
खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका उमेश खत्री
असार १७, २०८१ सोमबार
फ्रान्समा पहिलो चरणको मतदानमा राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा
असार १७, २०८१ सोमबार
पहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु
असार १७, २०८१ सोमबार
भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
प्रतिनिधि सभा बैठक : आज गृह, अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने
असार १७, २०८१ सोमबार