युरोकप खेल्ने स्पेनको टिम घोषणा
नेपालबहस संवाददाता
जेठ २६, २०८१ शनिबार ८:२७:१९
२६ जेठ, काठमाडौं । स्पेनले युरोकप खेल्ने अन्तिम टिमको घोषणा गरेको छ । प्रशिक्षक लुइस डी ला फुएन्टेले युवा र अनुभवी खेलाडीलाई समेट्दै युरोकप खेल्ने २६ खेलाडीको घोषणा गरेका हुन् ।
स्पेनले युरोकपमा युवा प्लेमेकर गाभीलाई गुमाएको छ । इन्जुरिका कारण खेल्न नसक्ने भएपछि गाभी यो युरोकपमा देखिने छैनन् । त्यस्तै एलेक्स गार्सिया, अलेजानद्रो बाल्ड़े, पाउ टोरेज र पेड्रो पोर्रो जस्ता खेलाडी टिममा परेका छैनन् ।
स्पेनको युरो कप खेल्ने टिम:
गोलकिपर: एलेक्स रेमिरो, डेभिड राया र उनाई साइमन ।
डिफेन्डर: अमेरिक लापोर्टे, रोबिन ले नोर्मान्ड, अलेजान्द्रो ग्रिमाल्डो, ड्यानी कारभाजल, डानी भिभियन, जेसस नाभास, नाचो र मार्क कुकारेल्ला ।
मिडफिल्डर: मिकेल मेरिनो, फाबियन रुइज, एलेक्स बेना, मार्टिन जुबिमेन्डी, रोड्रिगो, पेड्रि र फर्मिन लोपेज ।
फरवार्ड: अल्भारो मोराटा, ड्यानी ओल्मो, जोसेलु, लामिन यामल, मिकेल ओयार्जबाल, अयोजे पेरेज, फेरान टोरेस र विलियम्स जूनियर ।
युरोकप जुन १४ देखि शुरु हुदै छ । स्पेन भने यस युरोकपमा समुह बी मा रहेको छ । यस समुहमा स्पेनसहित क्रोसिया, इटाली र अल्बानिया रहेका छन् । स्पेनले युरोकपमा आफ्नो पहिलो खेल जुन १५ मा क्रोसियाविरुद्ध खेल्ने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार