ठूलाबेँसी–गैह्रेबेँसी सिँचाइ आयोजनामा पक्की कुलो निर्माण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २६, २०८१ शनिबार १४:२९:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/kulo_HBQyRqq6ny_yj1wTxjeds.jpg)
२६ जेठ, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा रहेको ठूलाबेँसी–गैह्रेबेँसी सिँचाइ आयोजनामा पक्की कुलो निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकारको बजेटबाट उपभोक्ता समितिमार्फत सिँचाइ आयोजनाको कच्ची कुलोलाई ढलान गरेर पक्कीमा परिणत गर्न थालिएको सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष फनबहादुर घर्तीले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा विनियोजन भएको रु ३० लाख बजेटबाट छ सय ६० मिटरको पक्की कुलो निर्माण गरिएको हो ।
“दाजुङखोला लघुजल विद्युत् आयोजनाको विद्युुत् गृहबाट मुहानसम्म एक हजार छ सय ८० मिटर पक्की बनाउने योजनाअनुुसार हालसम्म आठ सय ८५ मिटर कुलो निर्माण सकिएको छ”, अध्यक्ष घर्तीले भने, “गत वर्ष रु १० लाख बजेटबाट दुई सय २५ मिटर कुलो निर्माण गरेका थियौँ ।” उनका अनुसार गत चैतदेखि निर्माण सुरु गरिएको कुलो सम्पन्न भइसकेको छ ।
कूल लागतको १० प्रतिशत उपभोक्ताले श्रमदान गरेका छन् । थप सात सय ९५ मिटर कुलो निर्माण गरेर योजनालाई पूूर्णता दिन आगामी वर्षको योजना तथा कार्यक्रममा प्रस्ताव गरिएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।
सो योजनाबाट ५८ घरका कृषकको तीन सय रोपनी जमिनमा सिँचाइ सुविधा पुग्ने कार्यालयका प्रमुख झलकमोहन ओझाले जानकारी दिए । “कच्ची कुलोबाट पानी ल्याउँदा सोसिएर खेतबारीसम्म नपुग्ने समस्या थियो”, उहाँले भन्नुभयो, “पक्की कुलो बनेपछि मुहानबाट पठाएको पानी सबै खेतबारीसम्म पुग्न थालेको छ ।”
सिँचाइ सुविधा पुगेसँगै बाहै महिना खेतीबाली लगाउन सकिने भएको स्थानीय कृषक रेशम पुनले बताए । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आवमा म्याग्दीमा ६० वटा सिँचाइ आयोजना कार्यान्वयन गरेको छ ।
दुई वटा योजनाको बहुवर्षीय ठेक्का आह्वान भएको कार्यालयका सबइञ्जिनियर अञ्जन खत्रीले बताए । उनका अनुसार उपभोक्ता समितिसँग सम्झौता भएका अधिकांश आयोजना सम्पन्न हुने चरणमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘रेटिङ’मा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’
फागुन ४, २०८१ आइतबार
माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु
फागुन ३, २०८१ शनिबार
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न
फागुन १, २०८१ बिहिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार