बाँकेमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

नेपालबहस संवाददाता
जेठ २६, २०८१ शनिबार १४:३२:३९

२६ जेठ, जानकी 'बाँके' । बाँकेको नेपालगञ्जमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीमा शुक्रबार शिविर सञ्चालन गरिएको हो । कान्ति आरोग्य अस्पताल नेपालगञ्जको आयोजना एवं उपमहानगरपालिकाको सहयोगमा शिविर सञ्चालन भइरहेको छ ।
उक्त शिविरमा सुशील कोइराला क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा इन्द्रनील घोषले पाठेघरको मुख नियमितरूपमा जाँच गराए क्यान्सरको जोखिमबाट बच्न सकिने बताए । पाठेघरमा घाउ भए नभएको जाँच गरिने डा. घोषले बताए । क्यान्सर हुनुभन्दा पहिले घाउ निको बनाउनसके क्यान्सरको जोखिम टर्ने उनले बताए ।
गर्भवती र महिनावारी भएका बेला जाँच गर्न नमिल्ने जानकारी दिँदै डा. घोषले २४ देखि ६५ वर्षका महिलाले पाठेघर जाँच गराउनुपर्ने सुझाव दिए। कान्ति आरोग्य अस्पतालका डा. रोमा बोराले नियमित पाठेघरको जाँच गराउन आग्रह गरे।
शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण ‘पोजिटिभ’ देखिएमा सम्बन्धित अस्पतालमा प्रेषण गरिने स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । सरकारले क्यान्सर रोगका बिरामीलाई उपचार खर्चका लागि रु एक लाख र लुम्बिनी प्रदेश सरकारले रु दुई लाख दिँदै आएको छ । यस्तै बिरामीलाई जीविकोपार्जनमा सहजताका लागि मासिक रु पाँच हजार दिने गरिएको छ ।
स्वास्थ्य महाशाखा प्रमुख चन्दका अनुसार समयमै रोगको पहिचान, निदान र उपचारमा सहजताका लागि प्रत्येक वर्ष विभिन्न बस्तीमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गर्दै आइएको छ । शिविरमा भेरी अस्पतालका मेडिकल अधिकृत डा समीक्षा चन्दले जाँच गरिरहेको स्वास्थ्य महाशाखाका सिनियर अनमी निरीक्षक प्रेमकुमारी विसीले जानकारी दिए ।
चालु आवमा सात वडामा शिविर सञ्चालन गर्ने लक्ष्य छ । वडा नं ६, १२, १५, १७, १८, २२ र २३ मा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रमबमोजिम वडा नं २३ र २२ मा शिविर सम्पन्न भएको छ । वडा नं २३ मा बिहीबार गरिएको शिविरमा एक सय १० महिलाको पाठेघरको मुखको जाँच गरिएको छ । तीमध्ये एक जनामा पोजिटिभ देखिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका केही किशोरीले ‘एचपिभी’ खोप लगाउन मानेनन्
फागुन ११, २०८१ आइतबार
तनहुँमा लक्ष्यको ९९ प्रतिशतलाई एचपिभी खोप
फागुन ९, २०८१ शुक्रबार
आन्दोलनरत चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच सहमति, आन्दोलन स्थगित
फागुन ९, २०८१ शुक्रबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
माओवादीमा‘तराई मधेश जागरण अभियान’ शुरुकै दिन विवाद
फागुन १२, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा नेपाल मेडिकल कलेजको नवनिर्मित भवन उद्घाटन
फागुन १३, २०८१ मंगलबार
काउली बिक्रीबाट एकै ‘सिजन’मा छ लाख आम्दानी
फागुन १३, २०८१ मंगलबार
माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल
फागुन १३, २०८१ मंगलबार
गोविन्दा र सुनिताबीच डिभोर्सको हल्लाले तात्यो बलिउड
फागुन १३, २०८१ मंगलबार
मंगलबार ७ अंकले बढ्यो बजार : नेप्से २७६५ मा बन्द, ९ अर्ब ९० करोडका शेयर खरिदबिक्री भए
फागुन १३, २०८१ मंगलबार
अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाले प्रभावित
फागुन १३, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीद्वारा नेपाल मेडिकल कलेजको नवनिर्मित भवन उद्घाटन
फागुन १३, २०८१ मंगलबार
काउली बिक्रीबाट एकै ‘सिजन’मा छ लाख आम्दानी
फागुन १३, २०८१ मंगलबार
माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल
फागुन १३, २०८१ मंगलबार
गोविन्दा र सुनिताबीच डिभोर्सको हल्लाले तात्यो बलिउड
फागुन १३, २०८१ मंगलबार
मंगलबार ७ अंकले बढ्यो बजार : नेप्से २७६५ मा बन्द, ९ अर्ब ९० करोडका शेयर खरिदबिक्री भए
फागुन १३, २०८१ मंगलबार
अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाले प्रभावित
फागुन १३, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीद्वारा नेपाल मेडिकल कलेजको नवनिर्मित भवन उद्घाटन
फागुन १३, २०८१ मंगलबार
काउली बिक्रीबाट एकै ‘सिजन’मा छ लाख आम्दानी
फागुन १३, २०८१ मंगलबार
माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल
फागुन १३, २०८१ मंगलबार
गोविन्दा र सुनिताबीच डिभोर्सको हल्लाले तात्यो बलिउड
फागुन १३, २०८१ मंगलबार