मनग्य आम्दानी हुने भएपछि किसान जरबेरा फूलखेतीतर्फ आकर्षित
नेपालबहस संवाददाता
जेठ २६, २०८१ शनिबार १५:२५:३८
२६ जेठ, भक्तपुर । गुन्डुमा जरबेरा फूलखेतीबाट यहाँका किसानले मनग्य आम्दानी गर्न थालेका छन् । सूर्यविनायक नगरपालिका–७ गुण्डु कार्की गाउँमा कुश कार्कीले सुरु गरेको जरबेरा फूलखेतीले यहाँका किसानलाई खेती गर्न आकर्षित बनाएको छ ।
‘कट फ्लावर’का रूपमा अत्यधिक प्रयोग गरिने जरबेरा फूलखेती नेपाललगायत विश्वमै उत्पादन हुने गरेको छ । पहेंलो, सुन्तला, गुलाबी, गाढा रातो, बैजनी र सेतो रङमा फूल्ने यो फूलको सौन्दर्यका कारण नै यसलाई विभिन्न किसिमका फूल सजावटमा बढी प्रयोग गर्ने गरिन्छ ।
इजरायलबाट नेपाल भित्रिएको जरबेरा फूलखेतीबाट दुई रोपनी जग्गामा वर्षमा रु १० लाखसम्म आम्दानी दिने किसान कार्की बताउछन् । दुई रोपनी जग्गामा फूलखेती सुरु गरेका उनले यस वर्षदेखि बागमती प्रदेश सरकारको अनुदानमा थप दुई रोपनीमा फूलखेती विस्तार गर्न उच्च प्रविधिको हरित गृह निर्माण गरेका छन् ।
जरबेराका पाँच थरिका फूल फुलिरहेको उनको बारीमा भारतको पुनेबाट प्रतिबिरुवा रु एक सय १० मा खरिद गरि तीन हजार पाँच सय बिरुवा लगाएकामा हाल तीन हजार एक सय बोटले फूलको उत्पादन दिइरहेको र चार सय बिरुवा मरेको किसान कार्कीले जानकारी दिए ।
एक दिन बिराएर एकपटकमा करिब एक हजार आठ सय फूल टिपेर कालीमाटीमा बिक्री गर्दै आएका उहाँले मौसम हेरेर रु १५ देखि रु ३० मा एउटा फूल बताए । यो फूलले चार वर्षसम्म उत्पादन दिने र चार वर्षमा एउटा बोटले दुई हजार एक सय ६० भन्दा बढी फूल उत्पादन हुने जनाउँदै उनले दुई रोपनी जग्गामा लगाएको फूलबाट वर्षमा रु १० लाखसम्म आम्दानी हुने बताए ।
सुरुमा रु २० लाख लगानी गरेर टनेल निर्माणदेखि प्रविधि जडान गरी फूलखेती गरेका उनले दुई वर्षमा लगानी उठाएर चार वर्षसम्म मुनाफा लिन सकिने र चार वर्षपछि दोस्रो पटक फूल लगाउँदा नयाँ टनेल निर्माण गर्नु नपर्ने भएकाले लागत घट्ने तथा मुनाफा बढ्ने बताए ।
नगरउपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले प्रदेश सरकारसँगै नगरपालिकाले पनि नगरपालिकाका बासिन्दालाई व्यावसायिक फूलखेती गर्न अनुदान दिँदै आएको बताए । उनले कृषि उत्पादनमा बीउ, बिरुवा, प्रविधि र तालिम दिएर किसानलाई तरकारी तथा फूल उत्पादनमा प्रोत्साहन र टनेल निर्माणमा अनुदान दिँदै आएको जानकारी दिए ।
नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले विगत छ वर्षदेखि सूर्यविनायकको गुण्डुलाई फूलखेतीको पकेट क्षेत्रका रुपमा घोषणा गर्दै अनुदान दिन सुरु गरेको बताए ।
उनले गुण्डुलाई फूलको राजधानीको नाममा चिनिन थालेको स्मरण गर्दै गुण्डुमा मात्रै एक सयभन्दा बढी घरपरिवारले व्यावसायिक फूलखेती गरेको बताए । उनले फूलखेती गर्ने किसानलाई सयपत्री फूलमा ७० प्रतिशत अनुदान दिएको बताए । गुण्डुका किसानलाई नगरपालिकालको अनुदानमा ५० परिवारलाई ५० हजार बिरुवा शुक्रबार अनुदानमा वितरण गरेको सापकोटाले जानकारी दिए ।
गुण्डुबाट मात्रै एक वर्षमा रु १० करोडको फूल बाहिरिने जनाउँदै उनले सयपत्री, मखमली र जरबेरा फूलतर्फ यहाँका किसान आकर्षित हुँदा मनग्य आम्दानी गर्न सकेको बताए । नगरपालिकाको कृषि शाखाका प्रमुख शान्तला बुढाथोकीले गुण्डुमा मात्रै वडा नं ७ मा कार्कीले र वडा नं ४ मा सम्राट खड्काले जरबेरा फूलको व्यावसायिक खेती सुरु गरेको बताए ।
प्रदेश सरकारले उच्च प्रविधिको टनेल निर्माणका लागि रु नौ लाख ६० हजारमध्ये रु चार लाख ८० हजार अनुदान दिएको उनले बताए । कम्तीमा १५ वर्षसम्म टिकाउ हुने उच्च प्रविधिको टनेललाई झिकेर अन्यत्र सार्न पनि सकिने जानकारी दिँदै बुढाथोकीले प्रदेश सरकार र नगरपालिकाको सहयोगमा सूर्यविनायक नगर क्षेत्रलाई व्यावसायिक फूलखेतीतर्फ किसानलाई आकर्षित गर्ने कार्यक्रम ल्याइएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकामकै लागि दशैं बिर्सिएका ‘पर्यटक भरिया’
असोज २६, २०८१ शनिबार
लोप हुँदै गएको अवस्थामा संस्कृति जोगाउन पिर्के पिङको संरक्षण
असोज २५, २०८१ शुक्रबार
दशैंलाई कोसेली मुस्ताङी स्याउ
असोज २५, २०८१ शुक्रबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
असोज २६, २०८१ शनिबार
पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका
असोज २६, २०८१ शनिबार
रोनाल्डो र सिल्भाको गोलमा पोर्चुगल विजयी
असोज २७, २०८१ आइतबार
नेपाली सेनालाई स्वर्ण पदक
असोज २७, २०८१ आइतबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
असोज २७, २०८१ आइतबार
दशैंको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा
असोज २७, २०८१ आइतबार
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप
असोज २७, २०८१ आइतबार
आज पनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
असोज २७, २०८१ आइतबार