टेलिकममा नीतिगत भ्रष्टाचार, नियुक्ति मापदण्डमा मन्त्री शर्माको चलखेल

नेपालबहस संवाददाता
जेठ २६, २०८१ शनिबार १५:४५:२६

२६ जेठ, काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विशेष चासो राखेर चलखेल गरिरहेकी छन् । यो पदमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि चासो दिएका छन् । तर, आफू विभागीय मन्त्री भएको शक्ति देखाएर मन्त्री शर्माले अनुकूलको व्यक्ति प्रबन्ध निर्देशक बन्न सक्ने गरी मन्त्रिपरिषदबाट नियुक्तिको मापदण्ड भएको निर्देशिका नै संशोधन गरी परिवर्तन गराएकी छन् ।
सञ्चार मन्त्रालयले गएको २२ जेठमा एक सूचना प्रकाशित गर्दै नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्तिका लागि दरखास्त माग गरेको थियो । तर, १७ जेठको मन्त्रिपरिषद बैठकबाट नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक नियुक्ति र सेवा सुविधा सम्बन्धी (पहिलो संशोधन) निर्देशिका २०८१ स्वीकृत गराइएको थियो । निर्देशिका परिवर्तन गरेर मात्र दरखास्त मागिनुले सन्देह पैदा गराएको छ । यसले नीतिगत भ्रष्टाचारमा मन्त्री शर्मा संलग्न भएको देखाएको छ ।
नियुक्तिको केही दिन अघि मात्र निर्देशिका संशोधन हुनुलाई शर्माको चलखेल प्रष्ट देखाउँछ । अहिले नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिअघि मापदण्ड हेरफेर गरिएको विषय विवादित बनेको छ । सरकारले आफू अनुकूलको उम्मेदवारलाई सहज हुने गरी मापदण्ड परिवर्तन गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । नयाँ मापदण्ड जारी गरी उमेरको हदम्याद र योग्यतामा थपघट गरिएको छ ।
दरखास्त दिन ५८ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ । यसअघि उमेरको हद ५६ वर्ष थियो । व्यवस्थापकीय पदमा कम्तीमा ३ वर्षको अनुभव हुनुपर्ने प्रावधान पनि हटाइएको छ । सिभिल इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङ विधा राखिए पनि इलेक्ट्रिकल भन्ने मापदण्डमा राखिएको छैन । टेलिकममा चाहिने भनेको इलेक्ट्रिकल इन्जिनियर हो । तर आफू निकटका मानिसलाई लक्षित गरी मापदण्ड संशोधन गरेको मन्त्रालय र टेलिकमको कार्यालयमा पनि मन्त्री शर्माको चर्चा चलिरहेको छ ।
नेपाल टेलिकममा कार्यरत १० औँ तहका सञ्चार तथा सूचना प्रविधि मन्त्री निकट उम्मेदवार विमल आचार्यका लागि मापदण्डमा उमेरको प्रावधानलाई खुकुलो बनाइएको चर्चा रहेको छ । सञ्चारमन्त्री शर्माले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा आफ्ना सल्लाहकार भूपेन्द्र भण्डारीलाई नियुक्त गरेकी थिइन् । भण्डारी एनसेलका पूर्व कर्मचारी हुन् । मापदण्ड नै परिवर्तन गरेर आफ्नो व्यक्ति नियुक्ति दिने प्रयासले खुला प्रतिस्पर्धा गराउने विज्ञापन नाटक जस्तो देखिएको छ ।
गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल पक्राउ परेपछि गत माघदेखि नै टेलिकम निमित्तको भरमा रहेको बेला नयाँ प्रबन्ध निर्देशकको नियुक्ति प्रक्रिया नै विवादमा परेको हो । प्रस्तावनाको मूल मर्म विपरीत गएर हरेक पटकको नियुक्तिमा निर्देशिका नै परिमार्जन गर्ने गलत परम्परा यो पटक पनि दोहोरिएको छ ।
कुनै निश्चित व्यक्तिलाई नियुक्ति दिलाउनकै लागि निर्देशिका संशोधन गरिएको ठोकुवा कर्मचारीले गरेका छन् । नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल विशेष अदालतबाट दोषी ठहर भएसँगै ७ वैशाख २०८१ यता उक्त पद रिक्त रहेको छ । यसअघि २०७८ मा नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा दरखास्त आह्वान हुनुभन्दा ठीक अघि पनि यसैगरी निर्देशिका परिवर्तन गरिएको थियो ।
जसअनुरूप तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चर्चामा रहेका सुनील पौडेललाई टेलिकमको प्रबन्ध निर्देशक बनाएका थिए । अहिले भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका महाप्रबन्धक अनिलकुमार झा र नेपाल टेलिकमका १० औं तहका कर्मचारी विमल आचार्य मध्ये एक जनालाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउन निर्देशिका संशोधन गरिएको कर्मचारी बताउँछन् । संशोधित व्यवस्थामा थपिएको सिभिल इन्जिनियरिङ शब्दले झालाई र उमेर हद ५८ पुर्याउँदा आचार्य समेतलाई सहज बनाएको छ । यो पदका अन्य दावेदारहरुले पनि लिखित रुपमै यसबारे प्रश्न उठाउने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
माघ १८, २०८१ शुक्रबार
‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग
माघ १८, २०८१ शुक्रबार
हेलिकोप्टरसँग ठोक्किएर अमेरिकमा ६४ जना यात्रु सवार विमान दुर्घटना
माघ १७, २०८१ बिहिबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार