संसद विघटन गरेकै कारण एमाले अहिले अस्तित्वमा छ : केपी ओली
नेपालबहस संवाददाता
जेठ २६, २०८१ शनिबार १८:५०:२२
२६ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको प्रसंग बारे फेरी बोलेका छन् । शनिबार काठमाडौंको भृकुटीमण्डपमा काठमाडौं जिल्लाको सातौं अधिवेशनमा बोल्दै ओलीले पार्टीभित्रकै केही व्यक्तिहरूले पार्टीलाई दक्षिणपन्थी शक्तिको पाउँमा बुझाउने देखेपछि आफूले संसद विघटन गरेको बताउँदै संसद विघटनको प्रसंग फेरी उठाएका हुन् ।
उनको यो संकेत तत्कालीन नेकपाका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालप्रति लक्षित थियो । उनले संसद विघटन भएकै कारण अहिले पनि एमाले अस्तित्वमा रहेको बताए । सो प्रसंगमा उनले अगाडि आफू नेतृत्वको तत्कालीन सरकार देश र जनताका लागि धेरै राम्रा काम गरेकाले अदालतबाट विपक्षीलाई प्रधानमन्त्री बनाउने काम गरिएको तर्क गरेका थिए ।
अध्यक्ष ओलीले एमालेबाहेक अरु कसैसँग देश विकासको स्पष्ट भिजन र नीति नरहेकाले मिसन ८४ नेपालको राजनीतिमा टर्निङ प्वाइन्ट हुने बताए । उनले काठमाडौँको पार्टी सङ्गठन विभिन्न अवरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको र सङ्कटका घडीमा कार्यकर्ताले पार्टीलाई जोगाएर सुदृढ पार्टीका रुपमा कायम राखेको स्मरण गरे ।
उनले गत निर्वाचनमा पार्टीको आन्तरिक कारणले बहुमत ल्याउन नसकेको बताए । उनले भने– ‘गत निर्वाचनमा हामीले बहुमत ल्याउन सकेनौँ । पार्टीभित्र कतिपय आन्तरिक समस्या र प्रतिनिक्रियावादीका अनेक झुठ र षडयन्त्रका कारणले बहुमत ल्याउन सकिएन । अबका दिनमा त्यस्ता झुठ र षडयन्त्रलाई हामीले पराजित गर्न सक्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा
मंसिर १०, २०८१ सोमबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार