प्रधानमन्त्री कप भलिबल लिगको उपाधि पुरुषतर्फ नेपाल स्पोर्ट्स र महिलातर्फ पुलिस क्लबलाई
नेपालबहस संवाददाता
जेठ २६, २०८१ शनिबार २०:३०:३२
२६ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप भलिबल लिगको उपाधि टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै टिप टप हेल्प नेपाल पुरुष तर्फको उपाधि जितेको हो । फाइनलमा टिप टप हेल्प नेपालले गण्डकीलाई ३–१ को सेटमा पराजित गरेको छ ।
खेलमा पहिलो सेट हेल्प नेपालले २२–२५ ले जितेकोमा दोस्रो सेट भने गण्डकीले २५–२० ले जित्यो । त्यसपछिको तेस्रो र चौथो सेट २०–२५ र २०–२५ ले जित्दै टिप टप हेल्प नेपालले उपाधि जितेको थियो। त्यस्तै प्रतियोगिताको महिलातर्फ एभरेस्ट भलिबल क्लब बुटवललाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लबले उपाधि जित्यो । पुलिस क्लबले एभरेस्टलाई ३–२ को सेटमा पराजित गरेको हो ।
पुलिसले पहिलो सेट २५–२१ ले र दोस्रो सेट पनि २५–२३ ले जितेको थियो। तर, त्यसपछिको दुवै सेट एभरेस्टले २०–२५ र २०–२५ ले जितेपछि पाँचौ सेट रोमाञ्चक बनेको थियो । पाँचौं सेटमा पुलिसले १५१२ ले विजयी हुँदै उपाधि जितेको थियो । उपाधिसँगै विजेताले ८ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने दोस्रो हुने टिमले चार लाख प्राप्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार