एमालेसँग तत्काल एकताको सम्भावना छैनः अध्यक्ष नेपाल
नेपालबहस संवाददाता
जेठ २६, २०८१ शनिबार २१:२४:२७
२६ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् । पार्टीको कोशी प्रदेश कमिटीद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रियतामाथि गहिरिँदै गइरहेको सङ्कटलाई समाधान गर्न देशका समाजवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिँदै समाजवादी मोर्चाको पुनःगठन गरेर अगाडि बढ्ने आफूहरूको रहेको उल्लेख गरे ।
अध्यक्ष नेपालले वर्तमान राजनीतिमा बढेको अस्थिरता, अविश्वासले प्रतिक्रियावादी शक्तिलाई हौसला दिएकाले परिवर्तनकारी शक्तिबीच सहकार्य तथा समन्वयको खाँचो औंल्याए । उनले मधेस सरकारमा मुख्यमन्त्रीको नेतृत्व गर्न पार्टीलाई प्रस्ताव आएको भए पनि केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु नैतिक रूपमा उपयुक्त नहुने भएकाले त्यस्तो प्रस्ताव अस्वीकार गरेको जानकारी दिए ।
अध्यक्ष नेपालले समाजमा विधमान सबै प्रकारका भेदभावलाई न्यूनीकरण गरी मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सकिने बताए । एकीकृत समाजवादी सङ्घमा बनेको गठबन्धनमै बस्नुपर्ने अवस्था रहेको र प्रधानमन्त्री पुष्पकमल दाहालले सकारात्मक भूमिका खेलेको उनको भनाइ थियो । महाधिवेशन सफल पार्न पार्टी मातहतका कमिटीले तीव्रगतिमा कार्यसम्पादन गरिरहेको जानकारी दिँदै अध्यक्ष नेपालले राजनीतिक अन्तरविरोध कम गरी दस्तावेजलाई थप समृद्ध बनाउन मातहतका सबै कमिटीमा छलफल भइरहेको प्रष्ट पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार