टी-२० विश्वकप: इङल्याण्डमाथि अस्ट्रेलिया ३६ रनले विजयी
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार ७:४२:३५
२७ जेठ, अमेरिका । अस्ट्रेलियाले जारी टी-२० विश्वकपमा इङल्याण्डमाथि शानदार जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ३६ रनले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको २०२ रनको लक्ष्य पछाएको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १६५ रन मात्र बनाएको थियो । इङल्याण्डका लागि कप्तान जोस बटलरले सर्वाधिक ४२ रन बनाए भने फिल साल्टले ३७, मोइन अलीले २५ र ह्यारी ब्रूकले २० रन बनाएका थिए ।
त्यस्तै अस्ट्रेलियाका बलर एडम जाम्पा र पाट कमिन्सले २-२ विकेट लिएका थिए भने जोस हजेलवूड र मार्कस स्टोइनिसले एक एक विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै २०१ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक ३९ रन बनाएका थिए भने कप्तान मिचेल मार्शले ३५, ट्राभिस हेडले ३४, मार्कस स्टोइनिसले ३०, ग्लेन म्याक्सवेलले २८ रन बनाएका थिए । यो जितपछि अस्ट्रेलियाले लगातार दोस्रो जित हासिल गर्दै समूह 'बी' मा ४ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै इङल्याण्डको भने २ खेलमा एक अंक रहेको छ । अब अस्ट्रेलियाले अर्को खेल जुन १२ मा नामिबियासँग खेल्ने तालिका रहेको छ भने इङल्याण्डले जुन १४ मा ओमानविरुद्ध खेल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
विश्वकप विजेता भारतीय टिमलाई १२५ करोड भारू पुरस्कार
असार १७, २०८१ सोमबार
स्पेन युरोकपको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली
असार १७, २०८१ सोमबार
खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका उमेश खत्री
असार १७, २०८१ सोमबार
फ्रान्समा पहिलो चरणको मतदानमा राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा
असार १७, २०८१ सोमबार
पहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु
असार १७, २०८१ सोमबार
भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
प्रतिनिधि सभा बैठक : आज गृह, अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने
असार १७, २०८१ सोमबार