नेदरल्याण्डसमाथि दक्षिण अफ्रिकाको संघर्षपूर्ण जित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार ८:५२:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/SA.jpg-2_u34zQZufc2_Sqc1fjgE8u.jpg)
२७ जेठ, अमेरिका । दक्षिण अफ्रिकाले नेदरल्याण्डसविरुद्ध संघर्ष पूर्ण जित हासिल गरेको छ । जारी टी-२० विश्वकप अन्तर्गत समूह डी को खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्डलाई ४ विकेटले पराजित गरेको हो । गएराति सम्पन्न खेलमा नेदरल्याण्ड्सले दिएको केवल १०४ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
दक्षिण अफ्रिकाको जितमा डेभिड मिलरले अविजित ५९ रन बनाएका थिए भने क्रिस्टन स्ट्ब्सले ३३ रन बनाएका थिए । नेदरल्याण्ड्सले यस खेलमा दक्षिण अफ्रिकालाई सुरुदेखि नै दबाबमा राखेको थियो । शून्यमै पहिलो विकेट गुमाएको दक्षिण अफ्रिकाले १२ रन बनाउँदा आफ्ना महत्वपूर्ण ४ विकेट गुमाएको थियो । तर स्ट्ब्स र मिलरले सुझबुझपूर्ण ब्याटिङ गरेपछि जित दिलाएका थिए ।
नेदरल्याण्डसका लागि भिभीयन किन्ग्मा र लोगन भान बीकले २-२ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले २० ओभरमा ९ विकेट गुमाउँदै १०३ रन बनाएको थियो । नेदरल्याण्डसका लागी साइब्राण्ड एंगेलब्रेचले ४० रन बनाएका थिए भने लोगान भन बीकले २३ रन बनाएका थिए ।
त्यसैगरी दक्षिण अफ्रिकाका बलर ओटनेइल बार्टमानले ४ विकेट लिए भने एनरीच नोकिया र मार्को जानसेनले २-२ विकेट लिएका थिए । यो जितपछि समूह डी मा दक्षिण अफ्रिकाको २ खेलमा दुवै जितसहित ४ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डसको भने २ खेलमा २ अंक रहेको छ । अब अर्को खेल दक्षिण अफ्रिकाले जुन १० मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ भने नेदरल्याण्डसले जुन १३ मा बंगलादेशविरुद्ध नै खेल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार
आहा रारा गोल्डकपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्सले चुम्यो
फागुन ३, २०८१ शनिबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
के तपाई क्यान्सर हुनबाट बच्न चाहानुहुन्छ ? मज्जाले सुत्नुहोस्
फागुन ५, २०८१ सोमबार
कांग्रेस महामन्त्री गगन थापाले महाकुम्भमा स्नान
फागुन ५, २०८१ सोमबार
हलेसी बजारमा लागेको आगोबाट सात करोड ३० लाख बराबरको क्षति
फागुन ५, २०८१ सोमबार
कजाकिस्तानको चिहानमा भेटियो २५ सय बर्ष पुरानो ३७० ग्रामको सुनको ब्रेसलेट
फागुन ५, २०८१ सोमबार
गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाइ आज
फागुन ५, २०८१ सोमबार