उपेन्द्र यादवको रिटमा आज सुनुवाइ हुँदै
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार ९:६:६
२७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यता विरुद्ध सर्वाेच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।
यसअघि शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको रिट ‘हेर्दा हेर्दै’मा राखिएको थियो । पटक पटक हेर्न नभ्याइनेमा परेको यो रिटको आज सुनुवाइ हुन लागेको हो ।
निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई अधिकारिकता दिएको प्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका हुन् ।
जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् । अशोक राईसँग ७ जना सांसद छन् । अहिले सरकार छाडे लगतै उनी अर्को पक्षको वैधता खारेजीका माग गर्दै अदालत गएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैंले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ : देउवा
असोज २६, २०८१ शनिबार
कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय शिलान्यास
असोज २५, २०८१ शुक्रबार
आजदेखि प्रधानन्यायाधीश क्वालालम्पुरमा
असोज २५, २०८१ शुक्रबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
असोज २६, २०८१ शनिबार
पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका
असोज २६, २०८१ शनिबार
रोनाल्डो र सिल्भाको गोलमा पोर्चुगल विजयी
असोज २७, २०८१ आइतबार
नेपाली सेनालाई स्वर्ण पदक
असोज २७, २०८१ आइतबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
असोज २७, २०८१ आइतबार
दशैंको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा
असोज २७, २०८१ आइतबार
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप
असोज २७, २०८१ आइतबार
आज पनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
असोज २७, २०८१ आइतबार