डिभिजन वन कार्यालय र विद्युत प्राधिकरणको द्धन्द्धले नागरिकलाई सास्ती
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार ११:५:२
दीपक शर्मा
२७ जेठ बर्दिया । तराई मधेशका जिल्लाहरूमा यतिखेर दिउँसो घरबाहिर निस्कनै मुस्किल छ । तातो हावा चलेका कारण बजार प्राय जसो सुनसान देखिन्छ । यो प्रचण्ड गर्मिका बाहिर निस्कन सकिने अवस्था नभएपनि घरभित्र वसी रहँदा गर्मिका कारण जेष्ठ नागरिक बालबालिकामा मात्र नभएर युवा युवतीहरूमा समेत निकै प्रभावित भएका छन ।
यसै माथि शनिवार प्रायजसो दिनभर नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुलरिया बर्दिया र डिभिजन बन कार्यालय बर्दियाको बीचको द्धन्द्धले बर्दिया वासीले सास्ती खेप्नु परेको छ ।
विषय हो शनिवार प्राय दिनभर विद्युत अवरुद्ध हुनुको कारण । शनिवार बिहानै विद्युतका लाइन जडान भएका पोलमा रुखका हाँगा लामो भएका कारण ति हाँगा काटन गएको नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई डिभिजन बन कार्यालय गुलरियाले गाडी सहित ४ जना कर्मचारीलाई नियन्त्रणमा लिएपछि को विवादका कारण बर्दियावासीले बिद्युत सेवा बाट वञ्चित हुनु परेको हो ।
बर्दियाको मधुवन नगरपालिका वार्ड न ८ मा केहि रुखका हाँगा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका कर्मचारीहरूले काटिरहेको अवस्थामा डिभिजन वन कार्यालय बर्दियाले गाडि सहित ४ जनालाई नियन्त्रणमा लिएको थियो । आफ्ना कर्मचारी नियन्त्रणमा लिएको भन्दै विद्युत कार्यालयले थप विद्युत आपूर्ति रोकेको थियो ।
विद्युत कार्यालयका प्रमुख नारायण अर्यालले आफ्ना कर्मचारी नियन्त्रणमा लिएपछि विद्युत लाइन जोडने थप कर्मचारी नहुँदा विद्युत सेवा रोकिएको बताउनु भयो । डिभिजन बन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले समन्वय नभएका कारण सो समस्या आएको बताउनु भयो ।
डिभिजन बन कार्यालय र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुलरिया बर्दियाको द्धन्द्धको चपेटामा आम नागरिक परेको भन्ने विषयमा अनभिज्ञ प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कार्यालयको एक आपसको समन्वयको अभावमा यस्तो समस्या आएको ढिलो थाहा पाएका कारण यस विषयमा भोलि छलफल गर्ने भन्ने सहमति भएपछि समस्या हल भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार