हमासको कैदबाट इजरायलका ४ बन्धक मुक्त
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार ११:१४:२८
२७ जेठ, काठमाडौं । इजरायलले हमासको कैदबाट ४ जना बन्धकलाई मुक्त गरेको छ । इजरायलले शनिबार आफ्नो सेनाले गाजाको नुसिरत क्षेत्रमा गोलीबारीका बीच यो कारबाही गरेको दाबी गरेको छ । इजरायलीहरूलाई मुक्त गर्ने अभियानमा ५० प्यालेस्टाइनीको मृत्यु भएको मिडिया रिपोर्टमा बताएको छ ।
उद्धार गरिएका बन्धकहरूमा नोआ अर्गामानी नामकी २५ वर्षीया युवती पनि छन्, जसलाई हमास लडाकुहरूले जबरजस्ती मोटरसाइकलमा लगेर लगेका थिए । अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि नोआको भिडियो भाइरल भएको थियो । नोआ बाहेक तीन युवा हमासको बन्दीबाट मुक्त भएका छन् ।
इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले बन्धकहरूलाई उद्धार गर्ने अभियान निकै कठिन र जोखिमपूर्ण रहेको बताए । हमासले इजरायली नागरिकहरूलाई मध्य गाजाको नुसिरत क्षेत्रमा दुई फरक ठाउँमा लुकाएर राखेको थियो । उनीहरुको रिहाईका लागि सेनाले जमिन, हवाई र समुद्रबाट आक्रमण गरेको थियो । उनीहरु हमासको अपहरणमा परेको २४६ दिनपछि रिहा भएका हुन् ।
इजरायलको वाईनेट मिडिया हाउसका अनुसार, प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री योभ गालान्टले बिहीबार साँझ मध्य गाजाको नुसिराटबाट चार बन्धकहरूलाई उद्धार गर्ने अभियानलाई अनुमोदन गरेका थिए । यसका लागि उनले युद्ध मन्त्रिपरिषद् र सुरक्षा मन्त्रिपरिषद्को बैठक पनि रद्द गरेका थिए ।
प्रधानमन्त्री नेतन्याहु आफैले शिन बेट सेक्युरिटी सर्भिसको वार रुमबाट यस मिसनको गतिविधिको बारेमा क्षण(क्षण जानकारी लिइरहेको बताइएको छ ।
इजरायलका रक्षामन्त्री योभ गालान्टले यसको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गाजा पट्टीबाट ४ जना बन्धकको रिहाइमा इजरायल निकै खुसी भएको लेखेका छन् । यसअघि इजरायलले फेब्रुअरीमा अपरेसनका क्रममा दुई जना बन्धकलाई उद्धार गरेको थियो । अहिलेपनि १२० जनाभन्दा बढीलाई हमासले बन्धक बनाएको बताइएको छ । उनीहरुको अवस्थाको बारेमा अहिलेसम्म स्पष्ट जानकारी उपलब्ध भएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर ३०, २०८१ आइतबार
नेवार समुदायले आज योमरी पूर्णिमा मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
आजको मौसम कस्तो रहला ?
मंसिर ३०, २०८१ आइतबार
आज उधौली पर्व मनाउँदै किरात समुदाय
मंसिर ३०, २०८१ आइतबार
नेपाल प्रिमियर लिगः आज पनि दुई खेल हुँदै
मंसिर ३०, २०८१ आइतबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार