सहयोग रकमले बन्यो काली सुनारको नयाँ घर
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार ११:४८:२५
२७ जेठ, बागलुङ । गलकोट नगरपालिका–७ मल्म आरानटोलकी ७८ वर्षीया काली सुनारको परिवार वर्षौंदेखि चुहिने छानो भएको एककोठे घरमा बस्दै आएको थियो ।
एउटै कोठामा छजना नातिनातिना र एक अपाङ्ग बुहारीसहित आठजना बस्दै आएकी उनले आफ्नै जीवनकालमा नयाँ घरमा बस्न पाउँछु भनेर कल्पनासमेत गरेकी थिएन । सुनारकी दुई छोरा सम्पर्कविहीन छन् भने एक छोरा जेलमा छन् । समुदायसँग हात थापेर जीविका चलाउँदै आएकी सुनारको परिवारले नयाँ घर पाएका छन् ।
गाउँकै ज्ञानबहादुर थापाको पहलमा उनको परिवारलाई नयाँ घर निर्माण गरिएको हो । “वृद्धावस्थामा नयाँ घर मिलेको छ, नातिनातिनालाई ओत लगाउन पाएँ, तीन छोरा भएरसमेत सुखको अनुभूति गर्न पाएको थिइँन । १२ वर्षअघि भारत गएको जेठो र माइलो छोरा फर्केर आएनन्, कान्छो जेलभित्र छ,” सुनारले भनिन्, “अब बल्ल बासको पीर हट्यो ।”
थापाले एउटै कोठामा आठ जनाको परिवार कोचिएर बसेको तस्बिर सामाजिक सञ्जालमा राखेर सहयोगको अपिल गरेको थियो । “बेलाबेलामा खाद्यान्न, जस्तापाता सहयोग गरिएको थियो, तर सुरक्षित आवास नहुँदा समस्या थियो, एक दिन बिहानै काली सुनारको घरमा पुग्दा अगेना छेउमै आठजना कोचिएर सुतेको देखेपछि सामाजिक सञ्जालमा तस्बिर राखेँ,” थापाले भने, “धेरैले घर बनाइदिनुहोस् हामी सहयोग गर्छौँ भन्ने आश्वासन दिए । स्थानीय युवाहरूको साथ सहयोगमा नयाँ घर निर्माण गर्न सफल भयौँ ।”
घर बनाउन सुरुमा प्रगति आधारभूत विद्यालयले अभिभावक भेलामा रु २५ हजार पाँच सय सङ्कलन गरेको थियो । त्यही पैसाले घर बनाउने काम थालेको उनको भनाइ छ । अहिले अधिकतम रु पाँच हजारदेखि दुई हजारसम्म सहयोगको प्रतिबद्धता धेरैले जनाएको थापाले जानकारी दिए । चार कोठाको घर निर्माण सम्पन्न भइसकेको थापाले बताए । उनका अनुसार गलकोट नगरपालिकाको विपद् व्यवस्थापन शाखालेसहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
सुनारले वृद्धभत्ताको रकम नातिनातिनीको पढाइमा खर्च गर्दै आएकी छन् । सुनारको परिवारलाई गाँस, बास, कपास र शिक्षाको व्यवस्था मिलाउने गरी सहयोग सङ्कलन अभियान जारी रहेको थापाको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
राशिफलः आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार