काठमाडौं महानगरलाई वेष्ट एजुकेसन अवार्ड अन्तर्गत सर्वोत्कृष्ट पालिका अवार्ड
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार १२:०:४२
२७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज ‘वेष्ट एजुकेसन अवार्ड’ मा ‘सर्वोत्कृष्ट पालिका अवार्ड’ प्राप्त गरेको छ । सामुदायिक विद्यालयहरूका प्रधानाध्यापकहरूको संस्था ‘प्रिन्सिपल एसोसिएसन अफ नेपाल – पान’ ले राष्ट्रिय सम्मेलनको अवसरमा आज वागमती प्रदेशको उत्कृष्ट पालिका अवार्ड प्रदान गरेको हो ।
मूल्याङ्कनका लागि राखिएका, शिक्षा क्षेत्रमा गरेको लगानी, निःशुल्क र समावेशी शिक्षाको पहल, दीर्घकालीन योजना, असल अभ्यास, प्राविधिक धार सञ्चालन, स्थानीय पाठ्यक्रम/सूचना तथा प्रविधि र सुशासन जस्ता सूचकमा गरिएको मूल्याङ्कमा वागमती प्रदेशबाट महानगरपालिकाले अवार्ड प्राप्त गरेको हो । यससँगै यस प्रदेशबाट चितवनको नारायणी माध्यमिक विद्यालयले उत्कृष्ट विद्यालय र काभ्रेपलाञ्चोकको जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदीप पराजुलीले उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्राप्त गरे । पानले हरेक प्रदेशबाट १/१ जना प्रधानाध्यापक, १/१ वटा विद्यालय र १-१ वटा पालिकालाई अवार्ड प्रदान गरेको हो ।
राजधानीमा आयोजना गरिएको कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर र पानका अध्यक्ष सुदामप्रसाद गौत्तमले अवार्ड प्रदान गरेका थिए । उक्त अवार्ड सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले अवार्ड ग्रहण गरेका थिए ।
अवार्ड प्राप्त गरिसकेपछिको संक्षिप्त प्रतिक्रियामा इञ्जिनियर झाले भने, ‘यसले महानगरपालिकालाई थप जिम्मेवारी र दायित्व थपेको छ । यी दायित्व र जिम्मेवारीहरूलाई महानगरपालिकाले पूरा गर्नेछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाको अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार
माडीका गाईमा ‘क्यू फिवर’ पुष्टि !
असोज १६, २०८१ बुधबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
असोज २६, २०८१ शनिबार
पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका
असोज २६, २०८१ शनिबार
रोनाल्डो र सिल्भाको गोलमा पोर्चुगल विजयी
असोज २७, २०८१ आइतबार
नेपाली सेनालाई स्वर्ण पदक
असोज २७, २०८१ आइतबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
असोज २७, २०८१ आइतबार
दशैंको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा
असोज २७, २०८१ आइतबार
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप
असोज २७, २०८१ आइतबार
आज पनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
असोज २७, २०८१ आइतबार