बालुवाटार पुगेर ओलीले प्रधानमन्त्रीलाई भने शुभयात्रा !
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार १२:१९:२५
२७ जेठ, काठमाडौं । भारत भ्रमणबाट फर्किएका बेला प्रधानमन्त्री प्रचण्डलाई राँगा (मुर्रा) चढेर आएको भन्दै खरो आलोचना गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यस पटक भने भारत जान लागेका बेला बालुवाटारमै पुगेर प्रचण्डलाई शुभयात्राको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई शुभयात्रा भन्न उनी आइतबार बिहान पौन ११ बजे बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार, भेटमा समसामयिक राजनीतिक, बजेट, प्रदेश सरकार र मोदीसँग भेट भएको अवस्थामा के कुरा राख्ने भन्नेबारे छलफल भएको थियो ।
प्रधानमन्त्री प्रचण्ड आजै भारत प्रस्थान गर्दैछन् । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सभागी हुन प्रचण्ड दिउँसो १ बजेर २५ मिनेटमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । त्यसअघि ओलीले प्रचण्डसँग भेट गरेर छलफल गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
एमाले नेता एवं लेखा समिति सभापति पोखरेलका निजी सचिवमाथि पनि ३८ लाख ठगेको आरोप
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
अर्थतन्त्रलाई विश्वका लागि खुला राख्न चीन ‘कटिबद्ध’
पुष १९, २०८१ शुक्रबार
विश्वमा सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो
पुष १९, २०८१ शुक्रबार
दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार