काठमाडौंका बेइमानी जग्गाधनी ! के हेर्दैछ सम्पत्ति शुद्धीकरण विभाग ?
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार १२:४६:३१
२७ जेठ, काठमाडौं । काठमाडौंको खाल्डोमा अब विस्तारै घडेरी सकिँदै गएको अवस्था छ । प्लटिङका नाममा डाँडो पाखो, भिरालो, पोखरी, जंगल केही बाँकी रहेन । कसैले सरकारी जग्गा लुँड्याइदिएका छन्, कसैले सार्वजनिक जग्गा आफ्नोमा छिराएका छन् । खोला मिचेर महल ठड्याउनेको संख्या पनि कम छैन । सुकुम्बासीका नाममा हुकुमवासीले देखाएको हर्कत पनि अचम्मैको छ । यति हुँदा पनि सरकारी निकाय भने मौनता साँधेर बसिरहेका छन् ।
अर्को महत्वपूर्ण कुरा त काठमाडौंमा जग्गा हुनेहरू अहिले यतिसम्म बाठा भएका छन् कि कोही वास्तविक मूल्य भन्दा निकै कम सरकारी मूल्यमा पास गरेर सरकारी राजश्व छली गरिरहेका हुन्छन्, कोही मूल्य बढाउन बैना गरे अनुसार पास गर्न नमान्ने, कसैले परिवारले दिन मानेन भनेर मूल्य उकास्ने, कोही एकजनासँग बैना लिएर अर्कैलाई बिक्री गरिदिने गरेका जस्ता थुप्रै विवादका उजुरी प्रहरी कार्यालयमा चाङका चाङ छन् । कोही अदालतमा पनि मुद्दा मामिला गरिरहेका देखिन्छन् ।
यसै क्रममा कामनपा–२० का बसन्तराज चित्रकारले पनि आफूले बिक्री गर्न बैना गरेको जग्गामाथि ठगी नियत पालेर खरिदकर्तालाई मूल्य बढाउन बाध्य पारेको कुरा बाहिर आएको छ । उनले कामनपा–१३ बस्ने हरिलाल श्रेष्ठलाई १४ लाख रुपैया प्रति आनाका दरले बिक्री गर्न बैना गरेको जग्गा पास गर्न पटक पटक किचलो झिकेका छन् । उनले एकपटक प्रति आना ५० हजारका दरले मूल्य बढाउन भ्याए भने त्यसपछि जग्गा पासमा लाग्ने लाभकर पछि मिलाउने गरी खरिदकर्तालाई नै तिराए पनि त्यो रकम फिर्ता गर्न आलटाल गरिरहेका छन् ।
जग्गा खरिदकर्ता हरिलाल श्रेष्ठका अनुसार काठमाडौंको बलम्बु वडा नं १ (क) को कि.नं. ५३ को २ रोपनी ८ आना ३ दाम जग्गा मध्ये ४ आना १ दाम जग्गा मापदण्ड कटाएर बाँकी जग्गा नापजाँच गरी ठहरे बमोजिम कारोबार हुने भन्दै प्रति आना १४ लाखको दरमा जग्गा पास गर्न भन्दै बैना पत्रमा सहमति जनाएर बैनाबट्टा गरिएको थियो । जग्गा खरिदकर्ताले प्लटिङका लागि जग्गा व्यवस्थित गर्दै जाँदा जग्गाधनी चित्रकारको मनमा पलाएको लोभले जग्गा खरिदकर्ता समस्यामा पर्दै गए ।
दुई पक्ष बीचको विवाद बढ्दै जाँदा जग्गा पास गर्नमा केही विलम्ब भयो । एकातिर जग्गा बैना बापत बुझाएको मोटो रकम लगानी अर्काेतर्फ जग्गा व्यवस्थित गर्दाको अर्काे थप लगानीले खरिदकर्ता श्रेष्ठमाथि आर्थिक बोझ त छदै थियो, त्यहीबीच जग्गाधनी चित्रकारले जग्गा नापजाँच गर्दा ठहरिएको जग्गा अनुसार पास नगर्ने भन्दै पूरै जग्गाको भुक्तानी गर्नु पर्ने, प्रति आना ५० हजार थप गर्नु पर्ने जस्ता प्रस्ताव अघि सार्दा जग्गा खरिद गर्न अघि बढेका श्रेष्ठ तनावमा पर्दै गए । तैपनि उनले जग्गाधनी चित्रकारको प्रस्ताव अस्वीकार गरी आफूले बैनावापत दिएको रकम फिर्ता माग्दा जग्गा बिक्री भए पछि दिने भन्दै बैनावापत लिएको रकम फिर्ता गर्न आनाकानी गरेपछि बाध्य भएर जग्गा पास गर्न अघि बढ्नु परेको गुनासो सुनाए ।
जग्गाधनी चित्रकारकै प्रस्ताव अनुसार न्यूनतम् मूल्य सरकारी मुल्यांकन अनुसार जग्गा पास गर्ने दुबै पक्षबीच सहमति भयो । यसो गर्दा ठूलै राजश्व छली भयो । त्यसबेला पछि मिलाउने गरी तत्काल लाभकर तिर्न खरिदकर्ता श्रेष्ठलाई जग्गाधनी चित्रकारले प्रस्ताव गरे । तर, त्यतिबेला तिरिएको लाभकर पछि आफूले स्वीकार्न आनाकानी गरेपछि दुई पक्षबीचको विवाद अब मुद्दा मामिलातर्फ अघि बढ्ने संकेत देखा परेको छ ।
५ करोड बढी भुक्तानी बुझिसकेका बसन्त चित्रकारले १४ लाख ५० हजार लाभकर आफूले अस्वीकार गरेपछि जग्गा खरिदकर्ता श्रेष्ठले भुक्तानी गर्न बाँकी १८ लाख ८७ हजारको चेक रोक्का गरिदिएका छन् । विभिन्न बैंकको चेकबाट भुक्तानी गरिएको ५ करोड बढीको रकम आफ्नो खातामा जम्मा भएको रकमको स्रोत अब जग्गा विक्रेता बसन्तराज चित्रकारले कसरी देखाउने हुन् ? सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेको खण्डमा यो प्रकरणलाई चित्रकारले कसरी टुंग्याउलान् ?
दुबै पटक गरिएको बैना पत्रको शर्त नम्बर ४ मा प्रथम पक्षले नै लाभकर तिर्ने उल्लेख छ । त्यस्तै, शर्त नम्बर ३ मा प्रथम पक्षले जग्गाको मूल्य बढाउन नपाउने उल्लेख भए पनि त्यो शर्त उल्लंघन गर्दै प्रति आना ५० हजार बढाएर दोस्रो पटक बैना पत्र तयार गरिएको छ । २०७९ असार २७ गते पहिलो पटक बैना पत्रमा सहमति गरिएको छ भने दोस्रो पल्ट २०७९ चैत्र ६ गते अर्काे बैना पत्र तयार गरिएको छ ।
यसै विषयमा जग्गा विक्रेता चित्रकारलाई केही दिन अघि सम्पर्क गर्दा उनले आफ्नो हरिलाल श्रेष्ठसँग कुनै कारोबार नरहेको दावी गर्दै मोवाइल सम्पर्क विच्छेद गरे । त्यसपछि फोन नै उठाएनन् । म्यासेज पठाउँदा पनि रेस्पोन्स गरेनन् । आज भने उनले फोन उठाउँदै तपाईँलाई मेरो मोबाइल नम्बर कसले दियो ? भन्दै हकारे । तपाई र हरिलाल बीचको विवाद के हो भन्ने नेपालबहसको प्रश्नमा उनले सानो कुरा हो, सबै कुरा मिलिसकेकाले तपाई टेन्सन नलिनुस् भन्दै फोन काटे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व’
पुष २९, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार