न्यायाधीश पोखरेल इजसालमा परेपछि हेर्न नमिल्नेमा पर्यो कोशी सरकार गठनविरुद्धको रिट
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार १२:५१:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/kedar-karki_89FvzAyvgu_zhK7a8WsmZ.webp)
२७ जेठ, विराटनगर । सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरले न्यायाधीश हुनु अगाडि कोशी प्रदेशको मुद्दामा बहस गरेका कारण आइतबार पूर्ण इजलासमा सुनुवाइका लागि पेशी चढेको कोशी सरकार गठनविरुद्धको रिट हेर्न नमिल्नेमा परेको छ ।
सर्वाेच्च अदालतले पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको पूर्ण इजलास ताकिएको थियो । २७ वैशाखमा नै मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको मागसहित केदार कार्कीले सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए ।
न्यायाधीश पोखरेलले कानुन व्यवसायी हुँदा गत भदौमा कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा थापाको पक्षमा बहस गरेका थिए । त्यही कारण आज कार्कीको रिट हेर्न नमिल्नेमा परेको सर्वोच्च प्रशासनले जनाएको छ ।
२७ असोज २०८० मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परे पनि विश्वासको मत परीक्षण नगरेका कारण २६ वैशाखमा स्वतः पदमुक्त गर्दै प्रदेश प्रमुखले २७ वैशाखमा हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाइ आज
फागुन ५, २०८१ सोमबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार