उपत्यकामा आठ लाख बढी सवारीचालक ट्राफिक कारबाहीमा
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार १४:२५:१४
२७ जेठ, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख बढी सवारीचालकलाई कारबाही गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख चार हजार दुई सय ७२ सवारीचालकलाई कारबाही गरेको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जीवनकुमार श्रेष्ठले लेन अनुशासन, तीव्र गति, मादक पदार्थ सेवन, जथाभावी हर्नलगायत विभिन्न कसुरमा ती सवारीचालकहरुलाई कारबाही गर्दा रु ५७ करोड ८४ लाख १९ हजार राजस्व सङ्कलन गरिएको जानकारी दिए ।
कारबाही गरिएकामध्ये लेन अनुशासनमा ५० हजार सात सय एक, मादक पदार्थ सेवन गरी सवारी चलाउने ३२ हजार ८३, तीव्र गतिमा सवारी चलाउने एक लाख आठ हजार आठ सय ३४, रातो बत्ती बलेको बेला सवारी चलाउने २६ हजार एक सय ३६ सवारीचालक रहेका छन् ।
फुटपाथमा सवारी पार्किङ गर्ने एक लाख पाँच हजार पाँच, ट्राफिक एपबाट एक हजार दुई सय २४, बढी भाडा लिने तीन सय सात, जथाभावी हर्न बजाउने आठ हजार सात सय ९९ सवारीचालक कारबाहीमा परेका छन् । अवस्था ठीक नभएको ५६ हजार पाँच सय १४, ओभरलोड पाँच हजार पाँच सय ७८, क्युआरटीमार्फत ८२ हजार नौ सय ८४, सिसिटिभीबाट ५३ हजार चार सय ६६ सवारीचालकलाई कारबाही गरिएको प्रवक्ता श्रेष्ठले बताए ।
ट्राफिक कार्यालयले ह्विल लकमार्फत २० हजार एक सय ६४, सवारी साधनबाट निस्कने प्रदूषणमा एक हजार तीन सय २२, जेब्राक्रसमा तीन सय ४८ जनालाई कारबाही गरेको छ । सो अवधिमा कार्यालयले मापसे, लेन र रातोबत्ती क्रस गर्ने दुई लाख एक हजार दुई सय ५४ चालकलाई ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
उपत्यकाका विभिन्न विद्यालयका २५ हजार तीन सय २७ विद्यार्थी, ५८ हजार पाँच सय ४७ सर्वसाधारण तथा पैदलयात्री, ४१ हजार नौ सय ६२ चालक तथा सहचालकलाई ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिसकेको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक ९डिआइजी०को नेतृत्वमा एक हजार आठ सय ट्राफिक प्रहरी उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट परिचालित छन् । हाल देशभर ३० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । तीमध्ये काठमाडौँ उपत्यकामा मात्र १२ देखि १५ लाख सवारी साधन सञ्चालनमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसपी थापालाई बाहिर राखेर भैँसेपाटी प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार