असार दोस्रो साता मौद्रिक नीति ल्याउने तयारीमा रहेको राष्ट्र बैंकले माग्यो सुझाव
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार १४:२६:१९
२९ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आइतबार एक सूचना जारी गर्दै सुझाव माग गरेको हो । आगामी १६ असारभित्र राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा सुझाव पठाइ सक्नु पर्ने छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेत प्रस्तुत गरेसँगै राष्ट्र बैंक मौद्रिक नीति तर्जुमाका लागि अघि बढेको हो । राष्ट्र बैंकको व्यवस्थाअनुसार मौद्रिक नीति आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र ल्याइसक्नुपर्ने छ । बैंकले मौद्रिक नीति तर्जुमा गर्ने प्रक्रिया अघि बढाएको हो ।
आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनमार्फत् सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र मुद्रास्फीति ५.५ प्रतिशतमा सिमित राख्ने लक्ष्य राखेको छ । सोही उपलब्धि हासिल हुने र वित्त नीतिसँग तादात्म्यता कायम हुने गरी केन्द्रीय बैंकले मौद्रिक नीति तयार पार्न लागेको हो ।
आगामी आर्थिक वर्षको मौद्रिक नीति केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँचौं तथा अन्तिम मौद्रिक नीति हो । उनको कार्यकाल यसैवर्षको चैत अन्तिममा सकिँदै छ । उनले मौद्रिक नीति खुला भएर निकै लचिलो ल्याउने उद्घोष गरिसकेका छन् ।
संकलित सुझावपछि राष्ट्र बैंकले उपयुक्त ठानेका सुझावलाई मौद्रिक नीतिमार्फत सम्बोधन गर्दछ । राष्ट्र बैंकले १५ साउनभित्र मौद्रिक नीति ल्याउनेछ । देशको मूल्यवृद्धि नियन्त्रण, ब्याजदरको स्थायित्व, वित्तीय स्रोतको परिचालनका लागि मौद्रिक नीतिमार्फत व्यवस्था गरिन्छ ।
मौद्रिक नीति तर्जुमा कार्यविधि अनुसार आर्थिक वर्ष सकिएको १५ दिनभित्र वार्षिक नीति र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको मूल्य घट्यो, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ १०, २०८१ बिहिबार
विनिमय दरः अमेरिकी डलरको मूल्य आज पनि बढ्यो
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
माघ १०, २०८१ बिहिबार
आवश्यकताअनुसार औषधि उपलब्ध गराउने गरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल
माघ १०, २०८१ बिहिबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाई
माघ १०, २०८१ बिहिबार