प्रहरीको आँखा अगाडी खुलेआम बालविवाह, प्रशासन मौन
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार १५:३२:३४
♦ बिशाल बस्नेत
२८ जेठ, महोत्तरी । महोत्तरीको बर्दिबासमा प्रशासनको आँखा नै अगाडि खुलेआम बालविवाह भएको छ । बर्दिवासस्थित वडा नं १२ को बिजलापुरामा कानुनलाई समेत चुनौती दिँदै प्रहरीको आँखा अगाडि बालविवाह भएको हो ।
कानुनले बर्जित गरेको बालविवाहमा प्रहरी आफै प्रत्यक्षदर्शी बन्दा पनि रोक्न नसकेको स्थानीयहरूले आरोप लगाएका छन । जन्मदर्ता अनुसार केटीको उमेर १६ बर्ष ६ महिनामात्र देखिएको छ भने केटाको उमेर २० भन्दा बढी भएको अभिभावकहरूले बताए ।
केटीका बुवा हकिम बैठाले आफ्नी छोरीलाई ललाई(फकाई प्रलोभनमा पारेर केटाले भगाएको भन्दै दुई हप्ता अगाडि इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी समेत दिएका थिए ।
अभिभावकहरूको उपस्थितिमा केटा र केटीलाई आफ(आफ्ना घर फर्काउने सहमति भएर छाडेको प्रहरी कार्यालयको भनाई छ तर २७ जेठमा एकाएक गाउँमा अभिभावकहरूमा सहमति बनेर मुस्लिम सँस्कारअनुसार विवाह भएको स्थानीय हर देव महतोले बताए ।
विवाह हुने गाँउभरी हल्ला चलेपछि स्थानीयहरूले प्रहरीलाई खबर गर्दा पनि उनीहरू घटनास्थलमा नआएको स्थानियहरुको गुनासो छ । तर प्रहरीले भने यो विषयमा जानकारी नभएको दावी गरेको छ ।
केटा र केटीका अभिभावक निर महम्मद बैठा र हकिम बैठालाई सहमति गराएर विवाह नगराउने सर्तमा छाडेको तर कानुनविपरित विवाह भएको रहेछ भने कानुनीरुपमा नै उपचार खोज्ने इलाका प्रहरी कार्यालय प्रमुख रेवतीरमण पोखरेलले बताए ।
स्थानीय जनप्रतिनिधि तथा वडा अध्यक्ष रामकिशोर साहले पनि बालविवाह भएको स्वीकार गरेका छन । 'स्थानीयहरूले मलाई पनि फोन गरेर जानकारी गराएका छन ।' अध्यक्ष साहले भने । 'रातारात मौलीको सहमतिमा विवाह भएको र भोज पनि खाएको सुनेको छु, म आफै त्यहाँ जाँदै छु ।'
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार