असार २ भित्र निर्णय सच्याउन मेयर बालेनलाई कबाड व्यवसायीको चेतावनी
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार १७:५१:४९
२७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाको रिङरोडभित्र रहेका सबै कबाड हटाउने निर्णय असार २ गतेभित्र फिर्ता लिन कबाड व्यवसायीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई चेतावनी दिएका छन् । संघर्ष समितिले रिङरोडभित्रका कबाड हटाउने काठमाडौं महानगरका मेयर बालेनले नसच्याए यसविरुद्ध सशक्त संघर्षमा उत्रने उनीहरुको चेतावनी छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले महानगरका मेयरको ज्यादतीपूर्ण निर्णयविरुद्ध आगामी असार २ गतेदेखि सशक्त संघर्षमा उत्रिन लागेको जानकारी दिएको छ । आन्दोलन सुरु हुनुभन्दा अगाडी यो निर्णय सच्याउन महानगरसँग उनीहरुके माग छ । कबाड व्यवसायी संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन लागिएको भन्दै यो निर्णय सच्याउनुपर्ने बताए ।
उनले काठमाडौं महानगरका मेयर बालेनले नगर प्रहरी लगाएर जबरजस्त शैलीमा आफ्नो व्यवसाय हटाउने काम गरेको आरोप लगाए । आफूहरूको समस्याबारे प्रधानमन्त्रीसहित सबै निकायमा जानकारी गराए पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ । उच्च अदालतले कबाड व्यवसायीलाई नहटाउन आदेश दिँदा पनि महानगरले कबाड व्यवसायीको टहरामा डोजर चलाएको उनको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
नागरिकलाई जुत्ताको माला लगाएर घुमाउन वडा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा दायर
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार