कैलालीमा चैते धान खेतीतर्फ आकर्षण बढ्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार १९:४७:२३
![](https://nepalbahas.prixacdn.net/media/albums/chaite-dhaan_xsEr0YnRFD_SU5MOIegbP.jpg)
२७ जेठ, घोडाघोडी (कैलाली) । कैलालीको घोडाघोडी नगरपालिका–८ का ५४ वर्षीय बुझाउन चौधरी चैते धान भित्र्याउने तयारीमा छन् । तीन वर्षदेखि चैते धानको खेती गरिरहेका उनले यसपटक पनि पाँच कट्ठा जमिनमा धान लगाएका छन् । उनी त्यही धान भित्र्याउने तयारीमा छन् ।
बर्से धान खेतीभन्दा बढी उब्जनी हुने भएकाले विगत तीन वर्षदेखि चैत धान खेती गर्न थालेको उनले बताए । “खेती लगाएको सुरुको वर्ष पाँच कट्ठामा १० क्विन्टल उत्पादन भएको थियो । सोही जग्गामा वर्षे धान लगाउँदा बढीमा छ क्विन्टलसम्म उत्पादन हुन्थ्यो । त्यसैले आउँदो वर्ष एक विघामा धान लगाउने सोच बनाएको छु”, उनले भने ,“खान मीठो र उत्पादन पनि राम्रो हुने भएकाले चैते धान खेतीतर्फ आकर्षित भएको थिए । अहिलेसम्म पछुताउनु परेको छैन ।”
उनी मात्रै होइन घोडाघोडी नगरपालिकाका ९० जना कृषकले पाँच सय २१ कट्ठामा चैते धान खेती गरेका छन् । तिनै किसानमध्ये कतिपयले धान भित्र्याइसकेका छन् भने कतिपय भित्र्याउने तयारीमा छन् । यसरी चैते धान खेतीतर्फ आकर्षित भएका किसानलाई प्रोत्साहनका लागि घोडाघोडी नगरपालिकाले पुरस्कार स्वरूप नगद सहयोगसहित सम्मानित गरेको छ । पालिका भित्रका चैते धान रोप्ने ९० कृषकलाई प्रति कट्ठा पाँच सयका दरले पुरस्कृत र सम्मान गरेको कृषि शाखा प्रमुख जनक सिंह धामीले जानकारी दिए ।
पछिल्लो समय जमिन बाँझो राख्ने क्रम बढेको र स्थानीय स्तरमा उत्पादन बढाउन कृषकलाई प्रोत्साहन स्वरूप नगरपालिकाले नगद पुरस्कार दिने नीति लिएको उनले बताए । घोडाघोडी सँगै कैलालीका अन्य पालिकामा पनि चैते धान खेतीतर्फ आकर्षण बढ्दै गएको छ । कैलालीको तल्लो क्षेत्रका स्थानीयले विगतदेखि नै बाढीका कारण चैते धान लगाउँदै आएका थिए तर पछिल्लो समय कैलालीका बाढी प्रभावित नहुने क्षेत्रका कृषकसमेत चैते धान खेतीतर्फ आकर्षित हुँदै गएका कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले जानकारी दिए ।
“भजनी र टीकापुर नगरपालिकाका साथै जोशीपुर र कैलारी गाउँपालिकामा पनि विगतदेखि नै चैते धान खेती लगाउने गरिएको थियो । यी क्षेत्रमा वर्षामा डुबान हुने भएकाले चैते धान लगाइ पनि पछिल्ला वर्षमा डुबान नहुने घोडाघोडी, लम्कीचुहा नगरपालिका र धनगढी उपमहानगरपालिका लगायतका क्षेत्रमा पनि चैते धान खेती लगाउने कृषकको सङ्ख्या बढ्दै गएको छ”, उनले भने ।
डुबान हुने क्षेत्रमा एक बाली र अन्य क्षेत्रमा चैते र वर्षे गरेर दुई बाली धान भित्र्याउने गरिएको छ । यस कार्यले जिल्लामा समग्र धान उत्पादनको स्थितिमा सुधार भएको ज्ञान केन्द्रले जनाएको छ । कैलाली जिल्लाभर गतवर्ष एक हजार एक सय हेक्टरमा मात्रै लगाइएको चैते धान यसवर्ष भने एक हजार एक सय ५० हेक्टरमा लगाइएको छ । यसवर्ष समग्रमा पाँच हजार सात सय ५० टन चैते धान उत्पादन हुने ज्ञान केन्द्रको प्रक्षेपण छ ।
“चैते धान खेतीका लागि केन्द्र र प्रदेश सरकारका साथै स्थानीय तहले पनि विभिन्न खालका कार्यक्रम कार्यान्वयन गरिरहेका छन् । चैते धानलाई धेरै पानी नचाहिने र यस समयमा बढी तथा डुबान समेत नहुने भएकाले किसानले धेरै लाभ लिने सम्भावना छ”, ज्ञान केन्द्र प्रमुख शर्मा भन्छन्,“यसका अतिरिक्त रोग, कीराको प्रकोपसमेत कम हुन्छ । पछिल्लो समय कैलालीमा चैते धानतर्फ कृषक आकर्षित भइरहेका छन् यसले धान खेतीको क्षेत्रफल र वार्षिक उत्पादन पनि बढ्दै गएको छ ।”
चैते धान खेतीको विस्तारले जिल्लाका बाढी प्रभावित चारवटा स्थानीय तहका कृषकको जीविकोपार्जन सुधारमा समेत सहज भइरहेको छ । अन्य पालिकाका कृषकले पनि वर्षको दुईपटक धान बालीबाट लाभ लिई आम्दानीमा वृद्धि हुने र उत्पादन वृद्धिले भारतबाट हुने धान चामलको आयातमा कमी आउने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम विश्वविद्यालयले व्यावहारिक शिक्षामा जोड दिने
साउन ११, २०८१ शुक्रबार
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन
साउन १०, २०८१ बिहिबार
सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशन सुरु
साउन ८, २०८१ मंगलबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
सौर्य एयर दुर्घटना: यस्ता छन हृदयविदारक तस्वीरहरु
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
बुधबार पनि आयो दोलखा भीमसेनको शिलामा पसिना, अनिष्ट हुने मान्यता
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
आफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
'आइभिएफ' प्रविधिबाट बच्चा जन्माउनेको संख्या किन बढ्दैछ ?
साउन १२, २०८१ शनिबार
प्रहरीको लेखापाल सरुवामा पनि पर्यो सरकार परिवर्तनको असर, यस्तो छ २८९ जनाको सूची
साउन १२, २०८१ शनिबार
तरकारी खेतीबाट नाम र दाम दुवै
साउन १२, २०८१ शनिबार
विमान दुर्घटनामा परेकामध्ये ११ जनाको शव परिवारले लगे, विदेशीसहित ७ जनाको बाँकी
साउन १२, २०८१ शनिबार
'आइभिएफ' प्रविधिबाट बच्चा जन्माउनेको संख्या किन बढ्दैछ ?
साउन १२, २०८१ शनिबार
तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र
साउन १२, २०८१ शनिबार
अभिलेख नहुँदा नागरिकताबाट वञ्चित
साउन १२, २०८१ शनिबार