गृहमन्त्री लामिछाने र गृहसचिव अर्यालबीच खटपट
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार २१:३७:२७
२७ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र गृहसचिव एकनारायण अर्यालबीच फाटो सिर्जना भएको छ । लामिछानेले विभागीय सचिवले आफूलाई क्रस गरेर निर्णयहरू गर्न थालेको भन्दै फाटो सिर्जना भएको हो ।
कोशी प्रदेशमा शुरु भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा भाग लिन जाने क्रममा पनि गृहमन्त्री लामिछाने र गृहसचिव अर्याल एकै विमानमा नगई फरक फरक विमान गएका थिए । मातहतमा सचिवसहित विभागीय कर्मचारी छुट्टै विमानमा जानुले पनि आफ्ना विभागीय सचिवसँग मन्त्री सन्तुष्ट छैनन् भन्ने देखिएको छ । लामिछाने बिहान आठ बुद्ध एयरको उडानमा चार जनाको टोलीसहित विराटनगर गएका थिए भने सचिव सहितको टोली सेनाको हेलिकोप्टरमा बिहान ७ बजे विराटनगर गएको थियो ।
गृहसचिव एकनारायण अर्यालको नेतृत्वमा १५ सदस्यीय टोली बिहान ७ त्रिभुवन विमानस्थलबाट गएको थियो । राजश्व सचिव डा.रामप्रसाद घिमिरे, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल,गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, सेनाका रथी अशोकराज सिग्देलसहित १५ जनाको टोली उक्त हेलिकोप्टरमा विराटनगर गएको थियो ।
सूर्य दर्शन सहकारीको विषयलाई लिएर गृहसचिव अर्याल र प्रहरी महानिरीक्षकप्रति लामिछानेले असन्तुष्टि प्रकट गरेका थिए । प्रहरी महानिरीक्षकलाई हटाउने सम्मको प्रस्ताव लिएर अघि बढेका लामिछानेले विश्वासिलो पात्र रहेका एआईजी श्याम ज्ञवालीलाई आईजीपी बनाउन खोजेपनि बालकोटले अवरोध गरेपछि उनी रोकिएको थिए । पोखरास्थित सूर्यदर्शन सहकारी ठगीमा गृहमन्त्री लामिछाने विरुद्ध कास्की प्रहरीमा पूरक जाहेरी परेको विषयमा गृहसचिव अर्याल र आइजीपी कुँवरसँग उनको सम्बन्ध दिनानुदिन चिसिँदै गएको छ ।
गत साता आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा भएको सुनुवाइपछि अदालतले उत्प्रेषण परमादेश जारी गर्दै महान्यायाधिवक्ताको कार्यालयबाट लेखिएको पत्र र कास्की प्रहरीमा दर्ता भएको जाहेरी दरखास्तको प्रमाणित प्रतिलिपि झिकाउन भनेको थियो । आदेशमा यो विषय चाँडो टुंगो लगाउनुपर्ने प्रकृतिको देखिएको र जेठ २८ गते सोमबार अन्तरिम आदेशबारे छलफल हुने मिति तोकिएको छ ।
‘द.नं.०८०–८१–०४२६–१२९ मिति २०८०–१०–२२ को जाहेरी बेहोराको थप परीक्षण गरी दुवै पक्षलाई छलफलमा राखेरमात्र अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने निष्कर्षमा पुग्न मनासिव हुने देखिएको र प्रस्तुत विषय चाँडो टुङ्गो लाग्नुपर्ने प्रकृतिको देखिँदा प्रस्तुत विषयको सुनुवाइलाई अग्राधिकार दिई यही २८ गते सोमबारका लागि अन्तरिम आदेश छलफल हुने मिति तोकी उक्त मितिमा महान्यायाधिवक्ताको कार्यालयबाट लेखिएको च नं ३२७५ मिति २०८१–१–२४ को पत्र र जिल्ला प्रहरी कार्यालय कास्कीमा पेश गरिएको भनिएको ठगी सम्बन्धी कसूरको द.नं.०८०– ८१–०४२६–१२९ मिति २०८०–१०–२२ मा दर्ता भएको जाहेरी दरखास्तको प्रमाणित प्रतिलिपिसहित उपस्थित हुन सो बेहोराको सूचना विपक्षीहरूलाई दिई नियमानुसार पेश गर्नु,’ भनिएको छ ।
सर्वोच्चले झिकाएको उक्त जाहेरीमा पहिलो नम्बरमै गृहमन्त्री लामिछानेको नाम उल्लेख गरिएको छ । जाहेरीमा पहिलो नम्बरमा लालचन्द्र लामिछानेका छोरा रवि लामिछाने (गोर्खा मिडिया नेटवर्क प्रालीका प्रबन्ध निर्देशक) भनी सरकारी ऐन र ठगीमा मुद्दा दायर हुनुपर्ने भनी उल्लेख गरेका छन् । यो विषय सतहमा आएपछि लामिछानेले मातहत विभागीय प्रमुखहरुप्रति असन्तुष्टि प्रकट गर्ने र सचिवालयको टिमसँग मात्रै छलफल गर्ने गरेका छन् ।
गोष्ठीको उद्घाटन सत्रमा कोशी प्रदेश अन्तर्गतका १४ जिल्लामध्ये ५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गरेका थिए ।
गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, नेपाली सेनाका रथी अशोकराज सिग्देल क्षेत्री, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका पदाधिकारीहरू, कोशी प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ । दुई दिवसीय उक्त गोष्ठी सोमबार सम्पन्न हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार